SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२५ गते
    १०३५ &#२३४६;&#२३३५;&#२३२५;

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १८ जनालाई पक्राउ गरिएको छ । प्रकाश चन्द अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघका महासचिव हुन् । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शालिग्राम शर्माले पुष्टि गरे ।

    महासंघको पूर्वघोषित कार्यक्रमअनुसार बुधबार मेडिकल कलेजपरिसरमा मेडिकल शिक्षामा भइरहेकाे दलालीकरणकाे विरोधमा महासचिव चन्दकाे नेतृत्वमा प्रदर्शन गरिरहेको अवस्थामा उनीहरुलाई बुधकारा बिहान ९:३० बजे गिरफ्तार गरिएको हो ।

    चिकित्सा शिक्षामा भइरहेको चरम दलाली, विकृति र माफियाकरणको अन्त्यको माग गर्दै आज मेडिकल कलेजहरुमा विरोधमा प्रदर्शन कार्यक्रम तय गरिएको थियो । सोहीअनुरुप दर्जनौं चिकित्सक तथा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुले चितवन मेडिकल कलेजअगाडि माफियाकरण र दलालीकरणको अन्त्य गर्नुपर्ने र चर्को रुपमा बढाइएको चिकित्सा शिक्षालाई सर्वसुलभ बनाउनुपर्ने माग गर्दै कालो ब्यानरसहित प्रदर्शन गरेका थिए ।

    सोही अवस्थाबिचबाट मेडिकल कलेजमा नियमित कार्य संचलानमा अवरोध पुरयाएको भन्दै चितवन जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले महासचिव चन्दसहितलाई बिहान ९ः३० बजेतिर गिरफ्तार गरिएको हो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र आवश्यक सोधपुछ भइरहेको कार्यालयको सूचना शाखाले जानकारी दिएको छ ।

    यही भदौ ५ गते महासचिव चन्दले काठमाडौं एक पत्रकार सम्मेलन आयोजना गरी २० दिने विरोधका कार्यक्रम घोषणा गरेका थिए । सोहीअनुसार भदौ २५ गते विशाल जनस्वास्थ्यकर्मीहरुको प्रदर्शन गर्ने कार्यक्रम रहेको थियो ।

    गिरफ्तार महासचिव चन्दलगायत गिरफ्तार सबैको तत्काल बिनासर्त रिहा गर्न महासंघका अध्यक्ष टिका कँडेलले सामाजिक संजालमार्फत माग गरेका छन् । फाईल तस्बीर

    प्रतिकृया दिनुहोस्

    Loading...

    ओलीबाहेक एमालेका सबै नेतासँग मिल्न सकिन्छ : प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य...

    यी हुन् तारा एयरको विमानमा सवार चालक दलका सदस्यसहित २२ यात्रु…

    काठमाडौँ । पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ ।...

    सम्पर्कविहीन भएको जहाजको खोजीमा हेलिकोप्टर परिचालन

    काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ...

    एमाले हारेको छैन, तर लाजमर्दो अन्तर्घात भयो : केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दो अन्तर्घात भएको बताएका...

    जनकपुरको मेयर जितेका स्वतन्त्र उम्मेदवार साहले भने : म कांग्रेस नै हुँ

    जनकपुरधाम । पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा निर्वाचित मनोज साह बुधबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं