SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२३ गते
    ८६४ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द तिमिल्सिना हेमजा । सामुदायीक प्रहरी सेवा एवं सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको आयोजनामा माच्छापुच्छे गाँउपालिका वडा न. ४ लाहाचोकमा अवस्थीत महेन्द्र मा.बि मा बिहीबार लागु औषध नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्यालय बगरका प्रहरी निरिक्षक दिपक थापाले कार्यक्रम फलदायी हुनु पर्ने बताउदै अपराधको मुख्य कारण भनेको लागु औषध भएको बताए । उनले भने साथी सगींको लह लहैमा लागेर लागु औषध दुब्र्यसनिमा फस्ने भनेको किशोर अबस्था भएकोले बिद्यार्थी जिवनमा नै सचेत हुन आग्रह गरे ।

    कार्यक्रमका बिशेष अतिथि बिद्यालयका प्राचार्य गोबिन्द अधिकारीले कार्यक्रम आयोजना गरेकोमा सेवा केन्द्रलाई धन्यवाद दिदै बिद्यार्थीलाई सचेत बनाउन अभिभाबकको मुख्य भुमिका रहने बताए । प्रहरी नायब निरिक्षक बिद्याधर त्रिपाठीले सहजिकरण गरेको कार्यक्रममा कक्षा ८,९ र १० मा अध्यनरत ७५ बिद्यार्थीको सहभागिता थियो ।

    सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष सोमनाथ बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य एवं कार्यक्रम संयोजक बसन्त बाँस्तोलाले र सञ्चालन महासचिब उत्तम जोसीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं