SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/२/३१ गते
    २४० &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत। गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनलमा तनहुँलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि संगै कास्कीले नगद २ लाख जितेको छ भने उपविजेता तनहुँले नगद १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ । निर्धारित समयमा दुबै टिम गोल गर्न असफल बने पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । कास्कीको तर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयूष्मान गुरुङले गोल गर्दा राजकुमार कुंवरको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिएको थियो ।

    यता तनहुँका लागि दिपेश आले, शान्त बहादुर गुरुङ र आश बहादुर गुरुङको प्रहार गोलमा परिणत हुँदा देव गुरुङको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिंदा सजिन थापाको प्रहारलाई कास्कीका गोल किपर आकाश रानाभाटले बचाउ गरेका थिए । यस अघि निर्धारित समयमा कमजोर फिनिसिङका कारण दुबै टिम गोल गर्न असफल रहेका थिए । प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी तनहुँका शन्त बहादुर गुरुङ घोषित हुँदै नगद रु १० हजार हात पारे । त्यस्तै कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी घोषित भए ।

    उत्कृष्ट घोषित भएका सबैले जनही नगद रु ५ हजारका साथमा ट्रफी प्राप्त गरेको गण्डकी प्रदेश फुटबल संघका महासचिव बिनोद गुरुङले बताए । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको ब्यवस्थापनमा सम्पन्न प्रतियोगितामा बिजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, संघका बरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, प्रदेश खेलकुदका सल्लाहकार सुनिल गुरुङ, आग्रज समाजसेवी टिका कार्कीलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नेकपा (माओवादी केन्द्र) कुश्मा नगर समितिको तेस्रो अधिवेशन सम्पन्न : अध्यक्षमा केसी

    पर्वत । नेकपा (माओवादी केन्द्र) कुश्मा नगर समितिको तेस्रो अधिवेशनले मिनराज केसीलाई सर्वसम्मत अध्यक्षमा चयन...

    दाताको सहयोगमा माछापुच्छ्रेमा ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’

    पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ देउपुजेमा सुविधासम्पन्न आवासीय ज्येष्ठ नागरिक सेवा केन्द्र निर्माण गरिएको छ...

    सामाजिक विकास कार्यालय तनहुँको भवन उद्घाटन : मन्त्रीको विशेष उपस्थितिमा सेवा विस्तारको प्रतिबद्धता

    पोखरा ।गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले तनहुँ जिल्लाको सामाजिक...

    बालज्योती सामुदायिक बिद्यालयमा बिद्यार्थीहरुलाई ब्यबहारिक शिक्षामा जोड

    लक्ष्मण बिसि, पर्वत । वर्तमान समयमा शिक्षा व्यवहारिक नभएको जनगुनासो बढिरहेको बेला यहाँको एक बिद्यालयमा...

    प्याब्सन पर्वतको १३ औ जिल्ला अधिवेशन सम्पन्न: अध्यक्षमा पौडेल

    पर्वत । निजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन पर्वतको १३ औ जिल्ला अधिवेशन सम्पन्न...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं