SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/१६ गते
    ५६६ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत । पर्वत उधोग वाणिज्य संघ को मुख्य आयोजना मा यहि माघ ११ गते देखि २१ गतेसम्म सन्चालन हुने गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला तथा ७ औ पर्बत महोत्सवमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा आज भएको पहिलो खेल बिहादी गाउँपालिका, पर्बत र दुर्लुंग, पर्बत बीच भएको निकै प्रतिस्पर्धात्मक खेलमा बिहादी गाउँपालिकाले बाजी मार्यो । बेस्ट अफ फाईपमा भएको खेलमा पहिलो सेट बिहादी गाउँपालिकाले २६-२४ ले जितेको थियो भने दोस्रो सेट दुर्लुंग ले २५-२३ ले जित्यो भने तेस्रो सेट फेरी बिहादी गाउँपालिकाले २५-२१ ले जित्न सफल भयो भने चौथो सेट दुर्लुंग ले २५-२३ को सेटमा जित्यो भने अन्तिम फाईनल सेटमा १५-१२ को उत्कृष्ट जित निकाल्दै बिहादी गाउँपालिका बिजयी भयो ।

    त्यस्तै आजै भएको दोस्रो खेलमा महाशिला गाउँपालिका पर्बतले बाग्लुंग नगरपालिका लाई निकै रोमान्चक पहिलो सेट २५-२२ र दोस्रो सेट पनि २५-२० ले आफ्नो पक्षमा पारे पनि तेस्रो सेट बाग्लुंग नगरपालिकाले २५-२२ ले जित निकाल्दा चौथो सेट महाशिला गाउँपालिका पर्बतले उत्कृष्ट २५-१८ को जित निकाल्दै अर्को चरणमा प्रबेश गर्यो ।

    साथै आज भएको तेस्रो तथा अन्तिम खेलमा गलकोट नगरपालिकाले जलजला गाउँपालिका पर्बत लाई  पहिलो सेट २५-२३ र  दोस्रो सेट २७-२५ ले जिते पनि तेस्रो सेट जलजला गाउँपालिका पर्बतले २५-२० ले जित्दै खेलमा फर्किने आश देखाए पनि चौथो सेट  गलकोट नगरपालिकाले २५-१४ माजित निकाल्दै चरणमा प्रबेश गर्यो ।

    नकआउट चरण मा खेलईने उक्त प्रतियोगितामा प्रथम हुनेलाई सर्बाधिक पुरस्कार २,००,०००/ (दुईलाख , सिल्ड मेडल र प्रमाणपत्र) दोश्रो लाई १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) तृतीय हुने लाई नगद ३०,०००/ (तिस हजार रुपयाँ सिल्ड मेडल र प्रमाणपत्र) र सान्त्वना  टिमलाई पनि ३०,०००/ (तिस हजार, सिल्ड मेडल र प्रमाणपत्र) रहेको छ । पुरुस भलिवलमा १५ टिम भएको खेल संयोजक शेरबहादुर चोचाङ्गीले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं