SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/९/१३ गते
    ७१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। युनाईटेड कम्युनिटी नेपाल (युनिकन)ले शनिबार पोखरा रंगशालामा आयोजना गरेको “युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगिता २०२४” मा छात्रा तर्फ अमरसिंह मावि प्रथम भएको छ भने छात्र तर्फ बाराही मावि प्रथम भएको छ । पाँच विद्यालयबीच भएको उक्त प्रतिस्पर्धामा छात्रा तर्फ अमरसिंह माविले कन्या माविलाई १–० ले हराउँदै विजेता बनेको हो । छात्र तर्फ भने बाराही माविले शितला माविलाई ट्राई बे्रकरमा ३–२ ले हराउँदै विजेता बनेको हो ।

    छात्रा तर्फ अमरसिंह मावि बाराही माविलाई हराउँदै फाइनलमा पुगेको थियो भने कन्या माविले शिवशक्ति माविलाई हराउँदै फाइनमा पुगेको थियो । छात्र तर्फ भने शितला माविले अमरसिंह माविलाई हराउँदै फाइनल पुगेको थियो भने बाराही माविले शिवशक्ति माविलाई हराउँदै फाइनल पुगेको थियो ।

    युनिकनले विगत ६ महिनादेखि पाँच विद्यालयलाई निःशुल्क रुपमा फुटबल प्रशिक्षण गराउँदै आइरहेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई फुटबल खेलमा अघि बढाउनको लागि फुटबल फोर फ्युचर कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । विशेषगरी छात्राहरुलाई प्राथमिकता दिइएको उक्त कार्यक्रममा एक सय ४४ छात्राछात्रको सहभागिता रहेको छ भने ८५ जना छात्राहरुको सहभागिता रहेको छ । उक्त प्रशिक्षण कार्यक्रममा एन्फाबाट “सि” लाइसेन्स प्राप्त प्रशिक्षकहरुले प्रशिक्षण गराउँदै आएका छन् ।

    यस प्रतियोगितामा छात्रा तर्फ कन्या माविको केशु घर्तिमगर उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यस्तै,उत्कृष्ट गोलकिपरको उपाधि अमरसिंह माविका छात्रा अनुजा तामाङ र धेरै गोलकर्ताको रुपमा सिम्रिका बस्ताकोटी घोषित भएका छन् । त्यस्तै छात्र तर्फ बाराही माविका समिर क्षेत्री उत्कृष्ट खेलाडी र शिव राउत उत्कृष्ट गोलकिपर घोषित भएभने उच्च गोलकर्ताको रुपमा शितला माविका सविन गुरुङले उपाधि जितेका थिए ।

    सामुदायिक विद्यालयका छात्राछात्रहरुलाई अन्तर्राष्ट्रिय स्तरको फुटबल ग्राउण्डमा खेलको अनुभव प्रदान गराउने र फुटबल खेलप्रति थप हौसला बढाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने छात्राछात्रहरुले मेडल र ट्रफि प्राप्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    केजरीवालले पनि हारे चुनाव,दिल्लीमा भाजपाको बहुमत

    लगातार दुई कार्यकाल दिल्ली सरकार चलाएको आम आदमी पार्टी यसपालि सत्ताच्युत भएको छ। बिजेपीले २७...

    सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५

    काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल...

    वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक

    काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको चलचित्र ‘लाज शरणम्’को प्रोमोसनल गीत ‘हेर्दा हेर्दैमा’ सार्वजनिक...

    सय बढी शो सहित दोस्रो हप्तामा ‘एक्टर: टेक वन’

    काठमाडौं । गत हप्ता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता...

    गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत् खेलकूद तथा सांस्कृतिक महोत्सव भब्य रुपमा सम्पन्न भएको छ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं