SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/१०/६ गते
    ६० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् । कुश्मामा सञ्चालीत गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पसलाई मर्ज गरिएको हो । दुई क्याम्पस मर्ज पछि कुश्मा बहुमुखी क्याम्पस बनेको छ । विद्यार्थी संख्या घट्दै गएपछि दुई क्याम्पसलाई एकिकरण सम्बन्धि विभिन्न समस्याहरु समाधानका लागि समितिहरुको गठन गरिएको थियो ।

    क्याम्पसलाई मर्ज गर्नका लागि शिवालय बहुमुखी क्याम्पसका पूर्व ब्यवस्थापन समिति अध्यक्ष गोविन्द पहाडीलाई संयोजक तोकिएको थियो । संयोजक पहाडीले दुई क्याम्पस मर्ज भएर नयाँ क्याम्पसको नामाकरण समेत भएको जानकारी दिए । दुई क्याम्पसको मर्ज पछि कुश्मा बहुमुखी क्याम्पस नामाकरण गरिएको छ । नयाँ नामाकरण भएको क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले समेत अनुमती दिएको छ । यस अघि दुई क्याम्पसका सञ्चालक समितिका पदाधिकारी, प्राध्यापकहरु तथा सञ्चालक सदस्यहरुको उपस्थितीमा ८ वटा उपसमितिहरुको गठन गरिएको थियो । समितिहरुले दुई क्पाम्पस मर्जका लागि कानूनी प्रावधानहरुको संसोधन देखि क्याम्पस सञ्चालनको आगामी खाका समेत प्रस्तुत गरेका थिए ।

    क्याम्पसहरु एकिकरणका लागि भोलानाथ शर्माको संयोजकत्वमा विधान मस्यौदा उप समिति, कमलनाथ शर्माको संयोजकत्वमा इतिहास लेखन उप समिति, इन्द्रमान खत्रीको संयोजकत्वमा चन्दादाता संकलन उप समितिको गठन गरिएको थियो । यसैगरी पृथ्वीनारायण शर्माको संयोजकत्वमा जनशक्ति आवश्यकता लेखाजोखा तथा नियुक्ती सिफारिस उप समिति तथा मिन प्रसाद श्रेष्ठको संयोजकत्वमा जिन्सी सम्पत्ति अभिलेख संकलन उप समितिको गठन गरिएको थियो ।

    यसैगरी एकिकरणको कामलाई प्रभावकारी बनाउनका लागि बिषम कुमार श्रेष्ठको संयोजकत्वमा आर्थिक अभियान सञ्चालन उप समिति, विष्णु नेवारको संयोजकत्वमा समुदाय सम्बन्ध परिचालन उप समिति र कमलनाथ पोख्रेलको संयोजकत्वमा आन्तरीक लेखा परिक्षण उप समितिको गठन गरिएको थियो । नयाँ नामकरण भएको क्याम्पसको तदर्थ ब्यवस्थापन समिति गठनको प्रक्रिया शुरु भएको छ ।

    अहिले गुप्तेश्वर बहुमुखि क्याम्पसमा स्नातकोत्तर सहित २ सय ६२ र शिवालय बहुमुुखि क्याम्पसमा २६८ जना विद्यार्थी रहेका छन् । गुप्तेश्वर बहुमुखी क्याम्पस २०४८ सालदेखि सञ्चालनमा छ भने शिवालय बहुमुखी क्याम्पस २०६७ सालमा स्थापना भई सञ्चालनमा रहेको छ ।

    https://youtu.be/GIWL8V2f_io?si=0lLtP-gaUZ_eMvEH

    पर्वत जिल्लाभर १२ वटा क्याम्पस संचालनमा रहेका छन् । जिल्ला सवैजसो क्याम्पसहरुमा विद्यार्थीको संख्या न्यून छ । बिद्यार्थीको संख्या न्यून हुँदा ति क्याम्पसहरु बन्द हुने अवस्थामा पुगेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माछापुच्छ्रे–९,सिधिङमा हुने साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा

    हेमजा । कास्की माछापुच्छ्रे गाउँपालिका वडा न-९,सिधिङमा यहि माघ ३० गते देखि सञ्चालन हुने सविक...

    मादी गाउँपालिकामा हुने सोँथर बेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

    पोखरा। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र १० भाचोक गाउँको संगम...

    संघको आयोजनामा निशुल्क आंखा शिविर बाट ४६८ जना लाभान्वित

    अजय मिश्र, कृष्णनगर। कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको आयोजना तथा छन्द कालेबाबु नारायणी आंखा...

    देवकुमारले जेलबाटै इमेज सहकारीका ५४७ जनासँग मिलापत्र गरे

    पर्वत । इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ...

    कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं