काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँको कार्यकक्षमा तालाबन्दी गरेको छ । मेयर आचार्यले बहुमत सदस्यको उपस्थिति हुँदा हुँदैपनि नगरसभा स्थगित गरेको भन्दै कांग्रेसले तालाबन्दी गरेको हो ।
करारका कर्मचारी नियुक्तिको विषयलाई लिएर पोखरा महानगरमा लामो समयदेखि विवाद छ । एमालेका जनप्रतिनिधिहरुले करारका कर्मचारी नियुक्ति सम्झौता कार्यान्वयन नगर्न दवाब दिँदै नगरसभा बहिस्कार गरेका थिए । त्यसपछि मेयर आचार्यले नगरसभा स्थगित गरेका थिए ।
https://youtu.be/GIWL8V2f_io?si=2XJsohnoEbE4iA8O
मेयरमा आचार्य नेकपा (एकीकृत समाजवादी) र उपमेयर गुरुङ नेकपा (एमाले) बाट निर्वाचित भएका थिए ।