SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/९/१२ गते
    १००३ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी ।शनिवार भएको रोमाञ्चक इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेष्टर युनाइटेडले अंक बाँडेका छन् । लेस्टरसिटिको मैदानमा युनाइटेडले दुई पटक अग्रता जोगउन नसक्दा २-२ को बराबरी खेल्दै अंक बाँडेको हो । खेल सकिन ५ मिनेट बाँकी छँदा जेमी भार्डीको प्रहार युनाइटेडका एक्सेल टुआनजेवेले आत्मघाती गोल गरे पछि लेस्टरसिटीले बराबरी गरेको थियो ।लेस्टरको किङ पावर स्टेडियममा भएको खेलको २३औं मिनेटमा मार्कुस रासफोर्डले ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाए । ३१औं मिनेटमा हार्भे बार्नसले जेम्स म्याडिसनको पासमा लेस्टरका लागि बराबरी गोल फर्काए ।दोस्रो हाफमा पनि युनाइटेडले पहिले अग्रता लिए । ७९औं मिनेटमा ब्रुनो फर्नान्डेजले एडिसन कभानीको पासमा गोल गर्दै युनाइटेडलाई २-१ को अग्रता दिलाए ।

    त्यो अग्रता पनि लामोसमय टिकेन र ८५औं एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुग्यो । । त्यसपछि खलेमा थप गोल नहुँदा दुवै टिमले अंक बाँडेका हुन् ।बराबरीपछि युनाइटेडले दोस्रो स्थानमा पुग्दै लिभरपुलसँग अंकदूरी २ मा झार्ने अवसर गुमायो ।युनाइटेडसँग अंक खोस्दै १५ खेलबाट २८ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमै यथावत छ । १४ खेल कम खेलेको लिभरपुल ३१ अंकसहित शीर्ष स्थानमा छ ।१४ खेलबाट २७ अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं