SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/२६ गते
    ११३८ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी । इङ्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक परेको छ । कोभीड–१९ को संक्रमणपछि पेपकी आमा डोलोर्स साला कार्रियोको सोमबार ८२ वर्षको उमेरमा बार्सिलोनामा निधन भएको हो ।क्लबले एक विज्ञप्ति जारी गर्दै म्यानचेस्टर सिटी परिवार पेपकी आमा डोलोर्स साला कार्रियोको मृत्युबाट स्तबध भएको जनाएको छ साथै  ‘क्लबसँग आबद्ध सबैले यस समय पेप, उनको परिवार  र साथीभाईलाई समवेदना सन्देश पठाएका छन् ।  पेप र उनको परिवार प्रति हाम्रो संवेदना व्यक्त गर्दछौं क्लबले जनायो । कोभीड १९ का कारण स्पेनमा १३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

    ग्वार्डिओला क्याटालोनियाका स्थानीय हुन् । यहाँ कोभीड–१९ ले झन्डै २ हजार जनाको ज्यान लिइसकेको छ ।अवस्था निकै खराब हुने र मृतकको संख्या बढ्ने जोखिम देखेपछि यहाँका स्थानीयलाई सरकारले आफैं सुरक्षित रहनु भनेको छ ।४९ वर्षका पेप बार्सिलोना क्लबका प्रसिद्ध व्यक्तित्व हुन् । उनले खेलाडीका रुपमा कप्तानको भूमिका निर्वाह गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिग जिताए भने प्रशिक्षकका रुपमा पनि यो उपाधि जिताए । त्यसयता, उनले जर्मनीमा बार्यन म्युनिखलाई प्रशिक्षकका रुपमा बुन्डेगालिगा जिताए ।म्यानचेस्टर सिटीको प्रशिक्षण सम्हालेयता उनले क्लबलाई दुई प्रिमियर लिग उपाधि जिताइसकेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुस्ताएको चलचित्रको बजारलाई पुरानै अवस्थामा ‘लाज शरणम्’ले फर्काउने सम्भावना

    काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् ।...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं