कृष्णनगर, कपिलवस्तु। तराईको जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत अाइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कृष्णनगर नगरपालिका को सेमराको पोखरी मा कृष्णनगर नगरपालिका ले पानी समेत भराएको छ।र रू ५१००० हजार छठ घाट व्यवस्थापन का लागी कृष्णनगर नगरपालिका ले दिएको जानकारी नगरपालिका का नगर प्रमुख रजत प्रताप शाह ले दिनु भएको छ।
जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत अाइतबार साँझ सूर्यलाई अर्घ्य दिएका छन ।कपिलवस्तुको तोलिहवा,बहादुरगंज,महाराजगंज,लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ ।
छठ व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभेर माटोले निर्मित भाड़ा वर्तन,कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाड़ा वर्तनमा राखिए कोरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफुल, सामग्रीहरु सूर्य देवतालाई चढ़ाउने गर्दछन् ।