SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/१५ गते
    ११० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत।पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी-३ रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा यहीँ चैत्र २७ गते निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । गरिव, विपन्न तथा आर्थिक रुपले पछि परेका समुदायका लक्षित गरि शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिनुभयो । शिविरमा २ हजार ५ सय जनाको निःशुल्क स्वास्थ्य परिक्षण गरिने लक्ष्य लिईएको छ । शिविरबाट कोही पनि बञ्चित नहुन भनेर गाउँपालिकाले जेष्ठ नागरिक र अशक्त व्यक्तिलाई यातयातको व्यवस्था गरेको छ । शिविरमा जटिल रोगका बिरामीलाई निःशुल्क अप्रेशनको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङ‌ले बताउनुभयो ।

    शिविरमा गाउँपालिका भित्रका मात्र नभई अन्य पालिका र छिमेकी जिल्लाका नागरिकले पनि सेवा लिने विश्वास गरिएको छ । शिविरमा १६ प्रकारका रोगको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईएको छ । जसमध्ये जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग, ई.सी.जी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा र मुटु रोगको विज्ञ चिकित्सक तथा प्राविधिकहरुद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गरिने छ ।

    गाउँपालिकाले विगतदेखी नै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । स्वस्थ्य नै जीवन भएको बताउदै यहाँका जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरेको अध्यक्ष गुरुङको भनाइ छ । शिविर बिहादी गाउँपालिकाको आर्थिक सहयोग, अध्यक्ष गुरुङको समन्वय र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड सिनामंगल काठमाडौँको प्राविधिक सहयोग आयोजना गरिएको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

    पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं