SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/१५ गते
    ११२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदहरुले क्रसर खोल्नुअघि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रस्ताव गरेका छन् । सरकारले हालै प्रतिनिधि सभामा दर्ता गरेको ‘निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) सम्बन्धी विधेयक’मा संशोधन राख्दै यस्तो प्रस्ताव गरेका हुन् ।

    ‘निर्माणमुखी खनिज क्षेत्र पहिचान गर्नुपूर्व र क्रसर उद्योगलगायतका निर्माणमुखी खनिज पदार्थ प्रशोधन उद्योग स्थापना गर्नुपूर्व प्रभावित क्षेत्रका समुदाय समक्ष तोकिए बमोजिम सार्वजनिक सुनुवाई कार्यक्रम आयोजा गरी परामर्श र सहमति लिनु पर्नेछ’ एकीकृत समाजवादीका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेसहित ६ जना सांसदको छुट्टाछुट्टै रुपमा संशोधन प्रस्ताव छ ।

    यस्तो एकै बेहोराको संशोधन प्रस्ताव गर्नेहरुमा एकीकृत समाजवादीकै सांसदहरु मेटमणी चौधरी, शेरबहादुर कुँवर, अम्मरबहादुर थापा, नेकपा एमालेका सांसदद्धय नारायणप्रसाद आचार्य र सुर्यप्रसाद ढकाल रहेका छन् ।

    प्रस्तावित विधेयकको परिच्छेद २ मा निर्माणमुखी खनिज क्षेत्रको पहिचान, संरक्षण तथा उत्खनन सम्बन्धी व्यवस्था छ । विधेयकको दफा ३ मा निर्माणमुखी खनिज क्षेधको पहिचान गर्नुपर्ने व्यवस्था छ ।

    प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए नेपाल सरकारले सरकारी वा सार्वजनिक जग्गामा निर्माणमुखी खनिज पदार्थको उत्खनन, संकलन र प्रशोधन गर्ने प्रयोजनका लागि त्यस्तो क्षेत्रको पहिचान गर्नुपर्ने हुन्छ । यसका लागि त्यस्तो क्षेत्रको भौगभिक अध्ययन र सर्भेक्षण गर्नुपर्ने लगायतका प्रावधान राखिएको छ ।

    यसमा संशोधन प्रस्ताव दर्ता गर्दै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले निर्माणमुखी खनिज क्षेत्र पहिचान गर्नुपूर्व नै प्रभावित क्षेत्रका समुदाय समक्ष सार्वजनिक सुनुवाई गरी परामर्श र सहमति लिनु पर्ने प्रस्ताव गरेका छन् । साथै, क्रसर उद्योग खोल्नुअघि पनि सार्वजनिक सुनुवाई गर्नुपर्ने उनीहरुको प्रस्ताव छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्राथमिक तह शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान, कुन जिल्लामा कति कोटा ? (पूर्णपाठसहित)

    काठमाडौं। शिक्षक सेवा आयोगले रिक्त रहेको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान...

    सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

    पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं