SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/२६ गते
    २५२ &#२३४६;&#२३३५;&#२३२५;

    BY SUMAN DHAKAL

    तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाईनल कार्यक्रम फागुन १ गते हुने सम्मानको घोषणा
    स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि.अनामनगर द्धारा आयोजित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाईनल कार्यक्रम तथा स्रष्टा सम्मान यही फागुन १ गते चलचित्र बिकास बोर्डको सभाहल चाबहिलमा हुने भएको छ ।

    गण्डकी प्रदेश सरकारका संस्थापक मुख्य मन्त्री तथा पुर्व संस्कृती पर्यटन मन्त्री माननिय पृथ्बी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा लोक तथा दोहोरी गीत संग सम्बन्धीत ३२ बिधाका करिब ५० भन्दा बढी कलाकारहरुलाई उत्कृष्ट अवार्ड बितरण गर्न लागीयको कुरा बिशाल मुभिजका उपाध्यक्ष तथा अवार्ड कार्यक्रमका संयोजक चर्चित गायक,मोडल धिरज खत्रीले जानकारी गराए । सो फाईनल कार्यक्रमका अबशरमा नेपाली लोक संगीतमा क्रियाशिल करिब एक दर्जन अग्रज तथा अनुज स्रष्टा ,सर्जक अनि पत्रकारहरु सम्मानित हुने आयोजकले जनायको छ । कार्यक्रममा बरिष्ठ लोक गायक राजु परियार, बरिष्ठ लोक गायिका सिर्जना बिरही थापा,मौलिक लोक गायक सुरेन्द्र गुरुङ,मौलिक लोक गायिका जमुना राना,गायक तथा सर्जक रामचन्द्र चन्द,नायक शितल के.सी.,संगीत संयोजक राकेश सोनी,पत्रकार कबिराज ढकाल,मोफोसलका पत्रकार दिपेन्द्र थापा मगर लगायतलाई बिभिन्न बिधाबाट सम्मानित गर्न लागीयको कुरा आयोजक संस्था बिशाल मुमिजका अध्यक्ष तथा चर्चित गायक,सर्जक हुम गैरेले जानकारी दिए ।

    यस भन्दा अगाडिका संस्करणहरु निष्पक्ष अनि भब्यताका साथ सम्पन्न भएका कारणले पनि यो तेस्रो संकरणमा पनि धेरै भन्दा धेरै कलाकारहरुको उत्साहजनक सहभागीता रहने तथा कार्यक्रम भब्यताका साथ सम्पन्न हुने कुरामा आशावादी रहेको कुरा अवार्ड कार्यक्रमका संरक्षक तथा बरिष्ठ लोक गायक ईन्द्र जि.सी.ले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सिमरा–पोखरा उडान गर्न वीरगञ्ज र पोखराका व्यवसायीको माग

    पोखरा।वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्नेमा माग गरेका छन् । नेपालकै प्रमुख औद्योगिक...

    न्युयोर्कमा यसरी हुदैछ नेपाल डे परेड २०२४ को भब्य तयारी , कस्को भागमा के जिम्मा ?

    न्युयोर्क । बिगत २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमिती पुरा...

    गुप्तेश्वरमा केस डाइग्नोसिस प्रतियोगिता सम्पन्न, कन्या क्याम्पस प्रथम

    देबिका तामाङ, पोखरा। गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरामा केस डाइग्नोसिस एण्ड एनालाइसिस प्रतियोगितो शुक्रबार सम्पन्न...

    लेकसाइड मदिरा ब्यवसायीको शुभकामना आदानप्रदान

    पोखरा । लेकसाइड मदिरा व्यवसायी समितिले नयाँवर्षको अवसर पारी शुभकामना आदान प्रदान तथा २०८१ सालको...

    कोरिया दश वर्ष बिताएका शिवको लोभलाग्दो ड्रागन खेती

    स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ फलाउन थालेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं