SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/२५ गते
    २७४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । भलिबल सङ्घ पर्वतको आयोजनामा भएको भलिबल प्रतियोगितामा फलेवास नगरपालिका स्थित देवीस्थानको टोली प्रथम बनेको छ।नेपालको राष्ट्रिय खेल भलिबलको विकास, बिस्तार एवं नयाँ प्रतिभावान् खेलाडीहरू उत्पादन तथा पहिचान गर्ने उद्देश्यले आयोजित ‘पर्वत जिल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता’ मा प्रतिस्पर्धी कुश्मा नगरपालिका–१ पाङको समूह दोस्रो बनेको छ। यस्तै कुश्मा नगरपालिका–१४ आर्थर तेस्रो बन्दा मोदी गाउँपालिका–२ देउपुरको टोली सान्त्वना स्थानमा आएको छ।

    प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वनामा स्थानमा आएका टोलीहरूले पुरस्कार स्वरूप क्रमशः एक लाख ५५ हजार पाँच सय ५५, ७७ हजार सात सय ७७, ३३ हजार तीन सय ३३ र १५ हजार पाँच सय ५५ रुपैयाँ पाएका छन्।

    यस्तै खुल्ला महिला भलिबल प्रतियोगितातर्फ धादिङको धादिङ स्पोर्टस क्लब विजेता बन्दा पर्वतकै मोदी गाउँपालिका–८ को टोली उपविजेता बनेको छ। यिनीहरूले पुरस्कार स्वरूप क्रमशः ५५ हजार पाँच सय ५५ र ३३ हजार तीन सय ३३ रुपैयाँ पाएका छन्।

    जिल्लामा रहेका भलिबल खेलाडीहरू खेल क्षेत्रबाट पलायन हुँदै गइरहेका बेला खेल क्षेत्रबाटै आयोजित जिल्लाकै पहिलो ठुलो राशिको भलिबल प्रतियोगिता भएको जिल्ला अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठले बताए।

    मोदि गाउँ कार्यपालिका अध्यक्ष को प्रमुख अतिथि बिषेस अतिथि उपाअध्यक्ष , साथै वडा अध्यक्ष , प्रदेश भलिवल सङ उपा अध्यक्ष , साथै बिभिन्न सङ सस्था का प्रमुख प्रतिनिधि , पत्रकार , नागरिक समाज, आमा समुह, कल्व, साथै मोदि बासि जन समुदाय को भव्य उपस्थिति कार्यक्रममा भलिबल सघ का अध्यक्ष लक्ष्मणकुमार श्रेष्ठअध्यक्षता मा सम्पन्न् भएको थियो

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं