SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/३/९ गते
    १७० &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना र गण्डकी प्रदेश हक्की संघको व्यवस्थापनमा दुईदिन सम्म भएको अन्तर जिल्ला स्तरीय हक्की प्रतियोगिताको उपाधी कास्की जिल्लाले जितेको छ । पोखराको रामवजार स्थित भारतीय पेन्सन क्याम्पको मैदानमा शनिवार भएको फाईनलमा वागलुङ्लाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधी रक्षा गरेको हो ।

    गत वर्ष भएको हक्की प्रतियोगितामा पनि कास्कीले तनहूँलाई पराजित गर्दै उपाधी जितेको थियो । दोस्रो खेलमा स्याङ्जाले तनहूँलाई १–० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्यो । विजेता कास्कीले नगद २० हजार, उपविजेता वागलुङ्ले १५ हजार र सह विजेता स्याङजाले १० हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    विजेता तथा उपविजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि भारतीय पेन्सन क्याम्पसका चिकित्सक मेजर डाक्टर आश्विन नारायणकार, नेपाल भारत मैत्री विद्यालयका प्रिन्सिपल मिथुन जय सहायक प्रिन्सिपल अशोक गुरुङ, नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्का, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष हितकुमार गुरुङ, केन्द्रीय सदस्य मिलन केसी, पुर्व हक्की खेलाडी तिलकबहादुर केसी, जिल्ला सदस्य क्या. राजु थापा, सु. धनसिंह गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य सदस्य ऋषिराम गौतम, लगायतले पुरस्कार वितरण गरेका थिए ।

    गण्डकी प्रदेश हक्की संघका अध्यक्ष दीपकबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा वक्ताहरुले १० औं राष्ट्रिय खेलकुदको पुर्व तयारी स्वरुप यो प्रतियोगिताको आयोजना गरिएको बताएका थिए । आयोजकका अनुसार यो प्रतियोगितामा सहभागि सबै जिल्लाका उत्कृष्ट खेलाडी छनौट गरेर १० औं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको टीम निर्माण गरिनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अभिनेता नवाजुद्दिन सिद्दिकी काठमाडौंमा

    काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आएका छन् । नेपाली फिल्म साम्बालाको प्रिमियरमा...

    बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक वेपत्ता

    बागलुङ । बागलुङमा बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनु...

    फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको...

    यही तरिकाले सरकार जान्छ भने व्यवस्थामाथि नै संकट पर्नसक्ने : कांग्रेस नेता भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले यही तरिकाले सरकार...

    दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

    लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं