SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/२ गते
    ५८५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ ।

    काठमाडौँका व्यावसायिक भवनमा पार्किङ शुल्क नलगाउने नयाँ नियमलाई रास्वपाका सांसद असिम शाहले समर्थन गरेका छन् । तर हलवाला भास्कर ढुङ्गाना भने सांसद शाहमाथि खनिएका छन् ।

    ‘हामीले करोडौं खर्च गरेर बनाएको फिल्म हेर्न हाम्रा दर्शकले जति खर्च टिकटमा गर्नुपर्थ्यो, त्यो भन्दा बढी पार्किङको नाममा तिर्नुपर्थ्यो । ग्राहकले कुनै सामान खरिद गरेर बाहिर निस्कँदा कतिपय अवस्थामा झन्डै त्यही सामान बराबर मूल्यको पार्किङ शुल्क तिर्नुपर्ने बाध्यता थियो ,सिधाभन्दा एक प्रकारको लुट थियो,’ शाहले सामाजिक सञ्जालमा लेखेका छन्,

    ‘काठमाडौँ महानगरको पछिल्लो कदमले त्यो अन्त्य भएको छ, जुन स्वागतयोग्य छ । भएको कानुनलाई इमानदार रूपमा कार्यान्वयन गरे मात्र पनि नागरिकले कति राहत पाउँछन् भन्ने यो पछिल्लो उदाहरण हो ।’

    सांसदको शाहको समर्थनप्रति जवाफ दिँदै हलवाला भास्कर ढुङ्गानाले कडा प्रतिवाद गरेका हुन् । ‘निजी पैसाले भवन बनाउँदा चाहिँ मलमा सपिङ गर्ने उच्च वर्गलाई पार्किङ फ्री गर्न पर्ने रे, जनताको पैसाले बनाएको सडकको र त्यहाँको पसलहरूलाई चाहिँ सरकारले पार्किङ तोक्ने रे,’ उनले लेखेका छन्, ‘त्यो मात्रै भएन एउटा रास्वपा सांसदले समग्र समस्यालाई नहेरी आफ्नो व्यापारलाई फाइदा हुने हुनाले (भ्रम) यस्तो संसारमा कहिँ नभएको उल्टो नियमलाई समर्थन गरेर स्ट्याटस लेख्छ। अझै एउटा झुण्डको तालि, अरुलाई झोले भन्दै गाली । ल, माने बा ।’

    फिल्म आदिपुरुषलगायत भारतीय फिल्म प्रदर्शनमा रोक लगाए पछि ढुङ्गानाको समूह मेयर बालेन शाह विरुद्ध यसअघि अदालतसमेत गएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं