SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/९/२९ गते
    ३८० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । नेपाली कांग्रेसका नेता एवं सांसद राजु थापाले आफ्नो पार्टीले पदका निम्ति कुनै मोलतोल नगरी सरकारलाई विश्वासको मत दिएको बताएका छन् ।

    ‘कांग्रेस संसदको सबभन्दा ठूलो र जिम्मेवार पार्टी हो । कांग्रेसले पदका निम्ति कुनै बार्गेनिङ गरेको छैन । अहिलेसम्मका प्रधानमन्त्रीहरु कठपुतली भए । कुनै पनि सरकार पाँच वर्ष टिकेनन् । त्यसैले कमरेड प्रचण्डलाई पाँच वर्ष निर्धक्क चलाउनुस् भनेर विश्वासको मत दिएका हौं । कमसेकम पाँच वर्ष कम्तीमा एउटा व्यक्तिले नेतृत्व गरोस् न । पाँच वर्ष कमरेड प्रचण्डले सरकार चलाउँदा मुलुक रहन्न र !’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै सांसद थापाले भने ।

    देशलाई राजनीतिक निकास दिने हो भने राष्ट्रपति पद स्वतः कांग्रेसले पाउनुपर्ने पनि उनले औंल्याए । थापाले थपे, ‘सरकारलाई दिएको विश्वासको मतमा कांग्रेसको कुनै सर्त छैन । तर संविधानले सभामुख र उपसभामुख फरक दलको हुनुपर्छ भन्ने अनुरुप एउटा पदको नै माग हामीले राखेका छौं । देशलाई निकास दिने हो भने कांग्रेसलाई स्वतः राष्ट्रपति दिए हुन्छ । कांग्रेस ठूलो दल होइन र ? तर हामीले माग्दा राष्ट्रपति मागेका छैनौं । हामीले राष्ट्रपति चाहियो भन्नु गल्ती हो र ?’ यसबारे शीर्ष नेतृत्वले छलफल गरोस् भन्ने चाहेको पनि सांसद थापाले बताए ।

    पष्पकमल दाहाल प्रचण्ड सरकारलाई विश्वासको मत दिए पनि सरकारमा भने कांग्रेस सहभागी नहुने उनको जिकिर छ । उनले भने, ‘पार्टी सभापतिज्यूले हामी मन्त्रीमण्डलमा जान्नौं भनेर भनिसक्नुभएको छ । हामीले विश्वासको मत मात्र दिएका हौं । सरकारमा सामेल हुँदैनौं । अब संसद् भंग नहोस्, राजनीतिक अस्थिरता नहोस्, सुशासन होस्, मुलुक सहमतिको बाटोमा जाओस्, सरकार बलियो होस् भन्नेबाहेक हाम्रो अरु चाहना छैन ।’

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले माओवादी हितबहादुर तामाङले नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई निसर्त समर्थन जनाएको दाबी गरे । उनले भने, ‘कांग्रेसले विश्वासको मत किन दियो, उसैले जान्ने कुरा हो । जे भयो, राम्रो भयो । हिजो निर्वाचनमा पनि हामी कांग्रेससँगै गठबन्धनमा थियौं । अहिलेसम्म उसले राष्ट्रपतिका लागि विश्वासको मत दिएको भनेर सार्वजनिक र औपचारिक प्रस्ताव पाएका छैनौं । हो भने पनि खुलेर प्रस्ताव राख्नुपर्‍यो ।’

    एमाले अध्यक्ष केपी शर्मा ओलीले यसबारेमा आशंका गरेपछि प्रचण्डले कुनै सौदाबाजी नगरेका जानकारी गराइसकेको पनि तामाङले औंल्याए । उनले भने, ‘कांग्रेस पुरानो र ठूलो पार्टी हो, उसले जिम्मेवार भूमिका पूरा गरेको छ । अब मुलुकको सबै राजनीतिक दलको सहमतिमा सरकार बन्नु धेरै राम्रो हुन्छ । राजकीय बाँडफाँड सामूहिक छलफलबाट टुंगिने विश्वास पनि उनले व्यक्त गरे ।’

    नेकपा एमाले नेता एवं सांसद ऋषिकेश पोखरेलले नेपाली कांग्रेसले विश्वासको मत दिँदैमा आफ्नो पार्टी नआत्तिएको बताए । उनले थपे, ‘कांग्रेसले आजको परिस्थिति बुझेर विश्वासको मत दिएको हो वा लुकेको चिज केही छ भनेर प्रश्नमात्र गरेका हौं । सधैंभरि एउटै आँखाले हेर्नुहुन्न । हामी सबै हिजोको सिकाइबाटै अघि बढ्ने हो । समयको बदलावसँगै हिजोको सहमतिका आधारमा कार्ययोजना तयार भएका छन्, सबैले आआफ्नो ठाउँमा इमानदार हुनुपर्छ । सहमतिको बाटोबाटै अघि जानुपर्छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं