SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/९/२० गते
    ६७२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पोर्चुगलका विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी अरबको अल–नस्र क्लबमा अनुबन्ध हुँदा आफूलाई गर्व लागेको बताएका छन् । मंगलबार साउदी अरबको राजधानी रियाद पुगेपछि पत्रकार सम्मेलनमा उनले अल–नस्र क्लबसँग अनुबन्ध हुँदा आफूलाई गर्व लागेको र सन्तुष्ट रहेको बताए ।उनले साउदी अरबको फुटबल क्लब अल–नस्रसँग १७७ मिलियन पाउण्डको सम्झौता गरेका छन् । यो सम्झौतासँगै उनी सन् २०२५ सम्म अल–नस्र क्लबमा रहनेछन् ।

    पत्रकार सम्मेलनमा उनले युरोपबाट खेल्दा धेरै चिज पाइसकेको भन्दै अब नयाँ चुनौतीलाई पनि सामना गर्ने बताए । उनले भने, ‘जीवनमा यति ठूलो निर्णय लिंदा मलाई गर्व छ । युरोपमा मेरो काम अब सकिएको छ । मैले धेरै कुरा जितिसकेको छु । युरोपको प्रतिष्ठित क्लबबाट खेलें । यो अब नयाँ चुनौती हो ।’आफूले आफैंलाई अनौठो खेलाडी भन्दै उनले भने, ‘म अनौठो छु, यहाँ आउँदा राम्रो भएको छ । मैले उता सबै रेकर्ड तोडेको छु अब यहाँ पनि केही रेकर्ड तोड्न चाहान्छु । म यहाँ खेल्न, जित्न र खेलको मजा लिन आएको हुँ ।’

    अल–नस्रले साउदी अरब फुटबलको मात्र नभइ देशकै धारणा बदल्नेसमेत उनले बताए । साउदी अरबको क्लबमा आबद्ध हुनुअघि आफूले अमेरिका, अष्ट्रेलिया र ब्राजिलबाट आएका आकर्षक अफरलाई पनि स्वीकार नगरेको उनले बताए । उनले भने, ‘किनकि म साउदी फुटबललाई योगदान गर्न चाहन्थें ।’ रोनाल्डोलाई रियादमा अल–नस्र क्लबका अध्यक्ष मुसली अल मुआम्मरले स्वागत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    हाजिर जमानीमा ९ दिनपछि छुटे कैलाश सिरोहिया

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला...

    बढेन वृद्ध भत्ता

    काठमाडौं । सरकारले आगामी वर्ष वृद्ध भत्तासहित समाजिक सुरक्षा भत्ता नबढाउने भएको छ ।मंगलबार प्रतिनिधि...

    आगामी वर्ष ‘महिला लगानी वर्ष’ का रूपमा मनाइने

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) लाई ‘महिला लगानी वर्ष’ का रूपमा मनाउने घोषणा...

    सर्वोच्चमा गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै रिट दायर

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर...

    मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोको शिष्टाचार भेट

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदुत भेरोनिक लोरेन्जोले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं