SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/१८ गते
    ७७५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। पोखरा महानगरको कार्यपालिकाले बुधबार पूर्णता पाउँदैछ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिकाको निर्वाचन तोकेको छ।

    संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिनेछन्। ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्य समुदायबाट सदस्यका रुपमा निर्वाचित हुनेछन् । नीहरुलाई यसअघि निर्वाचित भएका नगरसभा सदस्यहरुले मतदान गर्नेछन्।

    ३० वैशाखको को निर्वाचन अनुसार पोखराको नगरसभामा एमालेको एकल बहुमत छ । १ सय ६७ सदस्यमध्ये एमालेको उपमेयर सहित ८७ सदस्य छन् । मेयरसहित गठबन्धनका ८१ जना मतदाता छन् । तर, दुवै पार्टीलाई आफ्ना जनप्रतिनिधिप्रति विश्वास छैन।

    उनीहरुले आफ्ना कार्यकर्तालाई रिसोर्टमा लगेर राखेका छन् । निर्वाचनको अघिल्लो दिन एमालेले आफ्नो पार्टीबाट निर्वाचित भएका ८६ जनालाई नौडाँडामा रहेको हिमालयन देउराली रिसोर्टमा राखेको छ भने कांग्रेसले ८१ जनालाई लेकसाइडको होटल कान्तिपुरमा राखेको छ।

    एमालेले सोमबार देखि नै आफ्ना जनप्रतिनिधिलाई रिसोर्टमा राखेको हो । कांग्रेसले पनि मंगलबार होटलमा पुर्‍याएको छ । कार्यपालिका सदस्य निर्वाचनका लागि महिलातर्फ एमालेले धनकुमारी पोख्रेल, भीमकुमारी पुन, निर्मला पौडेल, मन्दिरा परियार र हरिमाया विश्वकर्मालाई उम्मेद्वार बनाएको छ । दलित तथा अल्पसंख्यक कोटामा भने गोविन्द तुलाचन, दीपक घिमिरे, निर्मल दियाली उम्मेदवार छन्।

    कांग्रेसले महिला सदस्यमा डाल्डादेवी भुजेल, दुर्गादेवी केसी थापा, पवित्रा थापा, भावना श्रेष्ठ र रनसुबा गुरुङलाई उठाएको छ । दलित तथा अल्पसंख्यकमा कांग्रेसले उम्मेद्वार उठाएको छैन । गठबन्धनबाट माओवादीका भीमबहादुर सार्की, जसपाबाट पानबहादुर घर्ती र एकीकृत समाजवादीबाट लालबहादुर विक उम्मेदवार बनेका छन् ।

    सबै मत खसे ८४ मत ल्याउनेले चुनाव जित्छ । एमालेलाई आफ्नो मत सुरक्षित गरे पुग्छ भने गठबन्धनलाई आफ्नो सुरक्षित गर्दै ३ मत क्रस गराउनुपर्छ । कार्यपालिकामा यसअघि नै गठबन्धनको बहुमत पुगिसकेको छ । बाहिरबाट थपिने ३ जना गठबन्धनले ल्याए र एमालेले जिल्ला समन्वय समितिमा पठाउने जनप्रतिनिधि घटे नगरसभामा समेत गठबन्धनले बहुमत पुर्‍याउन सक्छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं