
यहीँ माघ ३० र फाल्गुन १ गते तिलोत्तमा सृजनशिल समाजको आयोजनामा प्रथम वीर उदय मेमोरियल कप ‘बि’ लेभलको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रतियोगिता भने नवजीवन क्लबको कवर्ड हल नयाँमिलमा संचालन हुने छ । यस अघि माघ २७ र २८ हुने भनिएको प्रतियोगिता खेलाडीको सुझाव र सल्लाह अनुसार केही दिन सर्नु परेको आयोजक समितीले बताएको छ । प्रतियोगिता मेन्स डबल र भेट्रान्स गरि दुई विधामा हुनेछ ।
प्रतियोगितामा प्रवेश शुक्ल रु. २५०० कायम गरिएको छ । त्यस्तै प्रतियोगितामा मेन्स डबल तर्फ प्रथम पुरस्कार रु. ५५,०००, द्वितीय पुरस्कार रु. २५,००० र तृतीय पुरस्कार रु. १५,००० साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ भने भेट्रान्स तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश २०,०००, १०,०००, ५,००० शिल्ड मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने खेल संयोजक सुमन रानाले जानकारी दिए ।
साथै प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, अनुशासित खेलाडीलाई समेत नगद र प्रमाण पत्रले सम्मान गरिने रानाले जानकारी दिए ।