SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/४ गते
    १२४३ &#२३४६;&#२३३५;&#२३२५;

    प्रतिनिधिसभाको सभामुख चयन विवाद झनझन पेचिलो बनेको छ । उपसभामुख शिवमाया तुम्वाहाङ्फेको अडानसामु प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल फतक्क गल्न पुगेका छन् । विश्लेषक भरत दाहालका अनुसार यो नेपाली अनुहारमा भैरहेको अन्तर्राष्ट्रिय मुठभेड हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    विश्लेषक दाहाल भन्छन् : क ) नेपालमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको लडाँइ खुल्लारुपमा देखा परेको छ । सभामुख चयन विवाद यसैको नमुना हो । मुख्यतः पश्चिमा, इण्डियन र चाइनिजहरु यो लडाँईमा छन् ।ख ) अमेरिकी सहयोग परियोजना नामको एमसीसी पारित गर्न प्रधानमन्त्रीसहित केही दल र नेताहरु कम्मर कसेर लागेका छन् । अमेरिकी हुण्डी खाएकाहरु यसको पक्षमा देखिएका छन् । एमसीसीको समर्थनमा बोल्ने पढेलेखेका, पिएचडी गरेका, विद्वान भनेर चिनिएकाहरु सबै किनिएका छन् ।

    ग ) प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखका लागि सुवास नेम्वाङ नै भन्नुको कारण के हो भने नेम्वाङ अमेरिकाको बफादार एजेन्ट हुन् । उनी आए एमसीसी सहजरुपमा पारित हुन्छ । घ ) पूर्व माओवादीहरु एमसीसीको विरुद्धमा देखिएका छन् । उनीहरु चीन निकट देखिन्छन् । ङ ) उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई राष्ट्रपति विद्या भण्डारीको समर्थन देखिन्छ । यो मामिलामा तुम्बाहाङ्फेमाथि चिनियाँ प्रभाव नहोला भन्न सकिन्न । च ) एमसीसी चीनको बिआरआईको काउन्टरमा आएको हो । यो चीन विरोधी अभियान हो ।

    छ ) अमेरिकाले एमसीसीमार्फत नेपालमा हतियार कारखाना खोल्ने योजना बनाएको छ । यो युद्ध रणनीति हो । एमसीसीका शर्तहरु हेर्दा यो स्पष्ट हुन्छ । ज ) आगामी दिनमा पनि एमसीसीमाथि प्रश्न उठाउन नमिलोस भनेर यसलाई संवैधानिक मान्यता दिन खोजिएको छ । शर्तहरु हेर्ने हो भने यो त अमेरिकालाई देश बुझाउन खोजेको प्रष्ट हुन्छ ।झ ) एमसीसीबारे चीनले शंका व्यक्त गर्दै नेपाललाई सजग गराएको छ । चीनले जारी गरेको वक्तव्यमा …आर्थिक विकासका लागि मात्र हो भने…..तथा नेपालको हीतको निम्ति छ भने….जस्ता वाक्य प्रयोग गरिएको छ ।

    ञ ) अमेरिकाले नेपालमा असुरक्षा छ भनेर देखाउन आफैले त्यस प्रकारका घटना गराउन सक्छ । हतियारको व्यापार गर्न र शत्रु राष्ट्रलाई सिध्याउन उसले रणनीतिकरुपमा आफ्नो मित्रको पनि हत्या गर्न सक्छ । ट ) एमसीसी पारित भए पनि नभएपनि नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको चेपुवामा परिसक्यो । अब हुने भनेको एक चरण ठूलो द्वन्द्व र अराजकता मात्र हो । ठ ) एमसीसी पारित भए चीन, रुस लगायतका शक्ति चुप लागेर बस्ने छैनन् । उनीहरु पनि खुलेर आउनेछन् । ड ) एमसीसी पारित नभएपनि अमेरिका फिर्ता हुनेछैन । अहिले संसदबाट पारित नहुँदै बिभिन्न दश जिल्लामा एमसीसी अन्तर्गतका कार्यक्रम चलिरहेका छन् ।

    ढ ) यी दल र यीनका नेताहरुमा देशभक्ति छैन । प्रचण्ड स्वयं अन्तर्राष्ट्रिय सुरक्षा खोजिरहेका छन् । यीनको नाममा अख्तियारमा मुद्दा छ । अग्नि सापकोटाविरुद्ध पनि केस छ । कृष्णबहादुर महरालाई सिध्याए जस्तै आफूहरुलाई पनि सिध्याउँछन् भन्ने भयबाट यीनिहरु ग्रसित छन् । सधैं शक्तिमा बस्न चाहनुको भित्रि कुरा यही हो । ण ) एक चरणको अराजकता र द्वन्द्वपछि मुलुक निर्माणको बाटोमा जानेछ । त्यस सम्बन्धी तयारी र कामहरु भैरहेको देखिन्छ । जे जस्ता उतारचढाव आएपनि अन्तिममा नेपाल र नेपालीको कल्याणको माहोल सृजना हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं