SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१२/९ गते
    १८७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । तीन पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपालले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ ।

    तीन पाकिस्तानी खेलाडी फखार उबैदिन, उस्मान अलि र कासिफ नदिम सम्मीलित हेल्प नेपालले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा टिपटप हेल्प नेपाल २५-१९, २७-२५, २५- १९ ले विजयी भएको हो ।

    पहिलो सेटमा हेल्प नेपालले सहज जित हात पारेको थियो ।

    दोस्रो सेटको सुरुवातमा गण्डकीले अग्रता लिएको थियो । दुई अंकले पछि परेको अवस्थामा हिमाल सुनारी र रवि केसीले अंक जोड्दै खेलमा फर्काउदै १६-१६ बराबरी गरेका थिए । तर टाउम आउट लिएपछि हेल्प नेपालले ४ अंक जोडेपछि गण्डकीलाई कठिन देखिएको थियो ।

    तर गण्डकीले अन्तिम समयमा लगातार चार अंक बटुलेपछि खेल २४-२४ को रोमान्चक बराबरीमा पुगेको थियो । तर हेल्प नेपालले २७-२५ ले जित्दै सेटमा २-० को अग्रता लिएको थियो ।

    तेस्रो सेटको सुरुवात पनि प्रतिस्पर्धात्मक थियो । १२ बराबरबाट हेल्प नेपालले लगातार पाँच अंक जोडेपछि सोझो सेटमा जित तर्फ अघि बढेको थियो । दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे ३ बजे हुनेछ । उक्त खेलको विजेतासँग हेल्प नेपालले शनिबार फाइनल खेल्नेछ ।

    आज महिलातर्फ तेस्रो स्थानको लागि भएको खेलमा नेपाल एपीएफ क्लबले न्यू डायमण्डलाई ३–१ ले हराएको हराएको थियो । एपीएफले २५–२२, २३–२५, २५–१४, २५–२१ को जित हात पारेको थियो । महिला र पुरुषतर्फ दुबै फाइनल शनिबार हुनेछ । फाइनलमा महिलातर्फ एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार रुपैयाँ पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन्...

    आज देशभरको मौसम कस्तो रहन्छ?

    पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम...

    गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस, २७ गते पेसी

    नेपाली कांग्रेसले गण्डकी प्रदेश सरकार विरुद्ध सर्वाेच्च अदालतमा मंगलबार रिट दर्ता गराएको छ । गण्डकीका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं