SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/२/११ गते
    ३२१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित जसलाई प्रहरीले बोलायो त्यसले बयान दिनुपर्न बताएका छन्।

    बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले शरणार्थी प्रकरणमा आरोपित जसलाई प्रहरीले बोलायो त्यसले गएर बयान दिनुपर्न बताएका हुन्।

    हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले प्रस्ताव पास गरेर के भनेको छ भने हाम्रै पार्टीका पनि जोसुकै नेता परुन्, त्यसमा हामी छानबिनका लागि सहयोग गर्न तयार छौं भनेर भनेको उनले बताउँदै उनले भने, ‘हाम्रो पार्टीसँग जोडिएका हुन्, हाम्रो पार्टीका नेताहरूसँग जोडिएका हुन्।

    जोसुकै भए पनि यदि प्रहरीले उनीहरूलाई छानबिनको दायरामा ल्याउनुपर्ने निष्कर्ष निकाल्यो भने उनीहरूले गएर प्रहरीलाई छानबिनका लागि सहयोग गर्नुपर्छ। यदि मेरो नाम कसैले लिएका छन् र, त्यसमा मेरो संलग्नता छ कसैले भन्यो भने मलाई प्रहरीले बोलाउनु पर्दैन। म आफैं प्रहरीकोमा बयान दिन जान्छु।’

    ‘अध्यक्षका स्वकीय सचिव हुन् कि मेरो स्वकीय सचिव हुन् कि म नै भए पनि, मलाई कसैले पोल्छ भने प्रहरीले मलाई सूचना गरिदिए हुन्छ। तपाईंको नाम आएको छ, के गरौं? भन्यो भने म थपक्क गएर बयान दिएर आउँछु। किनभने म नागरिक हो। नागरिकचाहिँ कानुनभन्दा माथि कोही पनि हुँदैन,’ उनले भने।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं