SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१०/२१ गते
    ५८० &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द,पर्बत । पर्वत उधोग वाणिज्य संघ को मुख्य आयोजना मा यहि माघ ११ गते देखि २१ गतेसम्म सन्चालन भएको गण्डकी प्रदेश स्तरिय औधोगिक व्यापार मेला तथा ७ औ पर्बत महोत्सवको आज एघारौ तथा अन्तिम दिनको पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनल भिडन्त फलेबास नगरपालिका र महाशिला गाउँपालिका बीच भएको निकै रोचक र प्रतिस्पर्धात्मक खेलमा फलेबास नगरपालिका ३-२ को रोमान्चक सेटमा बिजयी हुदै उपाधि उचाल्यो ।

    खेल निकै प्रतिस्पर्धात्मक र रोचक भएको थियो । बेस्ट अफ फाईपमा भएको खेलमा फलेबास नगरपालिकाले पहिलो सेट २५-१९ ले जित्यो भने दोस्रो सेट महाशिला गाउँपालिकाले २७-२५ ले जित निकाल्दा तेस्रो सेट पनि महाशिला गाउँपालिकाले नै २८-२६ ले जित हासिल गर्दा चौथो सेटमा फलेबास नगरपालिकाले उत्कृष्ट पुनरागमन गर्दै २७-२५ को जित निकाल्यो भने अन्तिम तथा फाईनल सेटमा फलेबास नगरपालिकाले १५-१२ को जित निकाल्दै सातौं पर्बत महोत्सव पुरुष भलिबल प्रतियोगिताको उपाधि उचाल्न सफल भयो ।

    यो जित संगै फलेबास नगरपालिकाले सर्बाधिक पुरस्कार २,००,०००/ (दुईलाख , सिल्ड मेडल र प्रमाणपत्र) प्राप्त गर्यो भने दोस्रो हुने महाशिला गाउँपालिकाले ले १,००,०००/ (एकलाख, सिल्ड मेडल र प्रमाणपत्र) प्राप्त गर्यो । सान्त्वना  सेमिफाइनलमा पराजित टिम गलकोट नगरपालिका र मोदी गाउँपालिकाले पनि समान ३०,०००/ (तिस हजार, सिल्ड मेडल र प्रमाणपत्र) प्राप्त गरे ।

    प्रतियोगिता सफाल बनाउन जिल्ला खेलकुद विकास समिति,पर्बत र जिल्ला भलिबल संघ पर्बतले पनि व्यवस्थापनमा सहयोग गरेको खेल संयोजक शेरबहादुर चोचाङ्गीले हाम्रो सूचना केन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं