SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/६ गते
    १३४१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गत आर्थिक वर्ष २०७८/०७९ मा ग्लोबल आइएमई बैंकले पाँच अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले पाँच अर्ब २० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्ल्लो आर्थिक वर्ष २०७७/७८ को भन्दा २५ प्रतिशतले बढी हो ।

    बैंकले नाफा सँगसँगै प्रमुख वित्तीय सूचकमा पनि सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा १९ रुपैयाँ २५ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षमा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २६ पैसाबाट बढेर १५६ रुपैयाँ ११ पैसा पुगेको छ ।

    आर्थिक वर्ष २०७७/०७८ मा २१ अर्ब ६३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षमा १० प्रतिशत बोनस सेयर दिएर २३ अर्ब ७९ करोड ५८ लाख रुपैयाँ पूँजी पुर्‍याउँदा पनि बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ बढेको हो ।बैंकको सेयरधनी सञ्चित कोषमा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ छ भने जगेडा कोषमा १० अर्ब १५ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

    गत आर्थिक वर्षमा बैंकको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) बढाउँदा व्यवसाय विस्तारको तुलनामा खुद ब्याज आम्दानी र नाफामा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ३.६५ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर आर्थिक वर्ष २०७८/०७९ मा ४.२६ पुगेको छ ।

    गत आर्थिक वर्षमा बैंकको निक्षेप दुई खर्ब ६८ अर्ब ४३ करोड ३८ लाखबाट ३.३७ प्रतिशतले वृद्धि भई दुई खर्ब ७७ अर्ब ४९ करोड २० लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी दुई खर्ब २८ अर्ब ६५ करोड १४ बाट १३.०४ प्रतिशतले बढेर दुई खर्ब ५८ अर्ब ५४ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

    तर, यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ९ अर्ब १३ करोड ९१ लाख खुद ब्याज आम्दानी गरेको बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ७४ करोड ६ लाख खुद ब्याज आम्दानी गरेको छ ।

    यता बैंकको सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन भने घटेको छ । अघिल्लो आर्थिक वर्षमा एक अर्ब १२ करोड ५३ लाख प्रोभिजन गरेको बैंकले गत आर्थिक वर्ष २०७८/०७९ मा ५० करोड ३८ लाख मात्रै प्रोभिजन गरेको छ ।

    यस्तै बैंकको सञ्चालन मुनाफा २६.९० प्रतिशतले वृद्धि भएर सात अर्ब ५६ करोड दुई लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा बैंकले पाँच अर्ब ९५ करोड ७५ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

    यस्तै बैंकको आधार ब्याजदर (बेस रेट) ६.६० प्रतिशतबाट बढेर ९.४० प्रतिशत पुगेको छ ।निष्क्रिय कर्जा १.४१ प्रतिशतबाट १.२२ प्रतिशतमा झरेको छ । यस्तै पुँजीकोष अनुपात १३.२० प्रतिशतबाट घटेर १२.७२ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षमा बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं