SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/२/१८ गते
    ७१२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले आफूसँग भएकै सवारी साधनलाई ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ बनाउने भएको छ । नयाँ जनप्रतिनिधि चयन भएपछिको पहिलो नगर कार्यपालिका बैठकले काठमाडौं महानगरपालिका भित्रका सडकका खाल्डाखुल्डी पुर्नका लागि एक हप्तामा ‘भौतिक पूर्वाधार एम्बुलेन्स’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    ‘भौतिक पूर्वाधार एम्बुलेन्स’का लागि सवारी साधन किन्ने तथा भाडामा लिने प्रक्रिया लामो हुने भएकोले महानगर मातहतमा रहेका सवारी साधनलाई नै एम्बुलेन्सको रुपमा प्रयोग गर्ने गरी तयारी थालिएको छ ।

    काठमाडौं महानगरपालिका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार वातावरण विभागमा रहेका गाडीहरुलाई पूर्वाधार एम्बुलेन्स बनाउने प्रक्रिया सुरु भएको छ ।

    ‘महानगरको मातहतमा रहेका पूर्वाधार एम्बुलेन्स हुनसक्ने दुई वटा सवारी साधन उपलब्ध गराउन वातावरण विभागलाई चिठी लेखिसकेका छौं,’ थापाले भने, ‘प्रत्येक पूर्वाधार एम्बुलेन्समा एक ईन्जिनियर सहित ४ जना मजदुरहरु हुन्छन, त्यो पनि हामीले तयार गरिसकेका छौं । मजदुरहरुलाई तत्कालको लागि दैनिक ज्यालादारीमा राखिनेछ ।’

    थापाले सवारी साधन बाहेक पूर्वाधार एम्बुलेन्सको लागि चाहिने सबै निर्माण सामाग्री, कच्चा पदार्थहरु पनि जम्मा भईसकेको जानकारी दिए । ‘हामीसँग १० लाख रुपैयाँ बराबरको तत्काल चाहिने कच्चा पदार्थ तयार छ । सडक भत्केको ठाउँमा कालोपत्रे बाहेक अन्य सबै काम हुन्छ । सडक पेटी, ढल, ईँट्टा, ब्लकहरु विग्रेको गुनासो आए यो हप्ताबाट तत्काल मर्मत गर्न महानगर तयार छ’, उनले भने ।

    काठमाडौं महानगरले कल सेन्टरबाट आएको गुनासोको आधारमा पूर्वाधार एम्बुलेन्स चलाउने थापाले बताए । कलसेन्टरको लागि पनि धमाधम काम भइरहेको उनले जनाए । आगामी आर्थिक वर्षबाट भने महानगरले बजेटबाट नै पूर्वाधार एम्बुलेन्सको लागि सवारी किन्ने गृहकार्यसमेत गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं