SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१/९ गते
    ४३२ &#२३४६;&#२३३५;&#२३२५;

    कपिलवस्तु , ।

    स्थानीय तह निर्वाचनको माहोल तातिँदै गइरहेको छ । पाँच वर्ष कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरु बाहिरिने र अर्को जनमत लिएर नयाँ जनप्रतिनिधिहरु तथा पालिका प्रमुखहरु आउने तयारीमा छन् । चुनावी माहोल नजिकिदै गर्दा कपिलवस्तुको कृष्णनगरको राजनितिमा चुनावी सरगर्मी बढेको छ ।

    ५ वर्षे कार्यकालमा नगरभित्र शिक्षा, स्वास्थ्य, खानेपानी , कृषि, यातायात, भौतिक सेवा सुविधा लगायतमा परिवर्तनको फड्को मारेको छ । नगर परिर्वतनको सन्तुष्टिले रजत प्रताप शाहलाई एक कार्यकाल दोहोराउने पक्षमा कृष्णनगर वासी लागेका छन ।

    उम्मेदवारका आकांक्षीहरु सलवलाउन थालेका छन् । कृष्णनगरमा दर्जनौं नेताहरु नेतृत्वको होडमा छन् । केही पार्टीभित्र आन्तरिक लविङमा छन । गत स्थानिय तहको निर्वाचनमा स्वतन्त्र पदबाट उम्मेद्वार वनेर निर्वाचन जितेका रजत प्रताप शाह अहिले नेपाली कांग्रेशको मुलधार राजनितिमा छन । कांग्रेश कृष्णनगरले उनको नाम मेयर पदको लागि जिल्लामा सिफारिस गरेको छ ।

    मृदुलभाषी , सरल एवं सानाे बच्चा समेत आफ्नाे कुरा राख्न सक्ने व्यवहारले गर्दा लाेकप्रियता बढेकाेले पनि शाहलाई नगरवासिले फेरी दोहोराउने चाहना गरेका छन । पाँच वर्षको कार्याकालमा जनताले विश्वास जितेका शाहलाई अझै एकपटक नगर प्रमुखको अवसर दिनु पर्ने कृष्षनगर नगरपालिका वडा न ४ का कृष्ण यादवले बताए ।

    विकाश र परिवर्तनले पछि परेको कृष्णनगरमा शाहले धेरै परिवर्तन गरे केहि अधुरा र अपुरा कार्य छन तिनै कार्य पुरा गर्न भए पनि एक पटक रजत प्रताप नगर प्रमुखमा दोहोरीनु पर्ने कृष्णनगर ७ का करिम खानले बताए ।

    त्यस्तै कृष्णनगर नगरपालिका वडा न २ का राधेश्याम रैदासले शाह नगर प्रमुखमा पुन दोहोरिन् पर्ने मुख्य कारण बाँकी रहेका काम पुरा गर्न र जनतामा उनीप्रति छरिएकाे भ्रम चिर्न सर्वसाधारणले शाहलाई एक पटक फेरि अवसर दिनैपर्ने बताए ।

    नेपाली कांग्रेसमा प्रवेश गरेका शाह अहिले मेयरका लागि प्रमुख दाबेदार हुन । ५ वर्षे अनुभव र टोलटोलमा पुगेर राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय बनाएका शाहलाई कांग्रेसभित्र मेयरको बलियो दाबेदारको रूपमा लिइएको छ।

    त्यस्तै नगर प्रमुख शाहले ‘धेरै काम त भएका छन् तर केही कामहरु समस्याका समाधान गर्न बांकि छन ती कामहरु पुरा गर्नका लागि आफुले एक कार्यकालको मात्र चाहना राखेको बताए ।

    पहिलो अनुभवमै नगर विकासमा एतिहासिक काम भए, अर्को कार्याकाल पाए कृष्णनगरलार्ई देशकै उत्कृष्ट पालिका बनाउने योजनासहित लाग्ने बताए । नगरप्रमुख शाह भन्छन्- जिम्मेवार पदमा बसेपछि केही गुनासाहरु आउंछन नै तर बहुमतकाे कार्यपालिका नभएकै कारण काम गर्न अफ्ट्याराहरु बढी नै आएपनि मैले स्टैण्ड लिएर जनचासाेका कार्य गर्दै आएकाले दाेहिरिनुमा दुईमत छैन । प्रत्येक दिन जनताकाे बीचमा चाैबिसै घण्टा जनसेवामा समर्पित जनप्रतिनिधि र चुनावमा मात्र देखा पर्ने टुरिष्ट नेतालाई सबैले बुझिसके छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं