SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२४ गते
    १०५७ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत ।कुश्मा स्पोर्ट्स क्लबद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुल्ला कुश्मा स्पोर्ट्स पर्यटन कप सेभेन ए साइड फुटबल प्रतियोगिताको आज तेस्रो दिन ६ वटा खेल भएको जानकारी खेल संयोजक अनिस श्रेष्टले बताउनु भयो । पहिलो खेलमा युनाइटेड स्पोर्ट्स क्लब फलेबास लाई १-३ ले हराउदै मनकामना क्लब डिम्मुवा अर्को चरणमा प्रबेश गर्यो भने दोस्रो खेलमा आयोजक कुश्मा स्पोर्ट्स क्लब “बि” ले बागलुङ न्युरोड टिमलाई ट्राइबेकरमा ३-२ ले गराउदै बिजयी भएको थियो ।

    उक्त खेल निर्धारित समयमा शुन्य शुन्य मा सकिय पछि ट्राइबेकरमा पुगेको थियो भने आयोजक कुश्मा स्पोर्ट्स क्लब “बि” का गोलकिप्पर अनिश कर्माचार्यले खेल अबधि भरि राम्रो खेल प्रदशन गरेका थिए र ट्राइबेकरमा पनि निकै नै उत्कृष्ट बचाऊ गरेका उनि म्यान अफ द म्याच पनि चुनिए तर खेल सकिय पछि बिपछी बागलुङ न्युरोड टिमले आयोजक कुश्मा स्पोर्ट्स क्लब “बि” का एक खेलाडी अबैधानिक भएको प्रमाण सहित आयोजक समक्ष् उजुरी गरे पछि  आयोजक कुश्मा स्पोर्ट्स क्लब “बि” खेल जिते पनि स्वत खेलबाट आउट भयो भने बागलुङ न्युरोड टिम अर्को चरणमा प्रबेश गर्यो ।

    बिहान नै भएको तेस्रो खेलमा गन्य एफ सि ले नब उत्साही समूह लाई ३-० ले पाखा लगाउदै गन्य एफ सि अर्को चरण मा प्रबेश गर्यो । निर्धारित समय मा दुवै टिम बाट गोल हुन नसकेपछि चौथो खेलमा थापाठाना फुटबल क्लबले ट्राइबेकरमा एभरग्रीन फुटबल टिम लाई २-० ले हरायो ।  त्यस्तै सोहि दिन भएको पाचौ खेलमा थापाठाना फुटबल क्लब “बि” लाई नेपाल तरुणदल नाग्लिबनले ०-६ गोलको वर्षा गर्दै अर्को चरणमा प्रबेश गर्यो र तेस्रो दिनको छैटौ   तथा अन्तिम खेलमा बलेबा फुटबल क्लबले डिम्मुवा फुटबल क्लब लाई १-० को रोमान्चक खेलमा जित हासिल गर्दै अर्को चरणमा प्रबेश गर्यो ।

    २६ गते शनिबार हुने उक्त  प्रतियोगिताको विजेताले एक लाख ५० हजार सिल्ड मेडल र प्रमाणपत्र र उपविजेताले ७५ हजार रुपैयाँ सिल्ड मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं