SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/२१ गते
    ८२१ &#२३४६;&#२३३५;&#२३२५;

    गोबिन्द, पर्बत । कुश्मा स्पोर्टस क्लबको आयोजनामा पर्वतमा गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना भोलि बाट शुरु हुनेछ । भोली बाट शुरु हुने प्रदेश स्तरीय सेभेन ए साइड फूटबलको सम्पूर्ण तयारी भएको आयोजक क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले जानकारी गराउनु भयो । प्रतियोगिता भोली चैत २२ देखि २६ गतेसम्म संचालन हुनेछ ।

    खेल क्षेत्रलाई चलायमान बनाउन र खेलाडीहरूलाई पनि जागरूक बनाउन प्रतियोगिताको आयोजना गरिएको क्लबका सल्हाकार साथै पूर्व खेलाडी राजन गरुंगले हामीलाई बताउनु भयो । पर्वतमा रहेको खेल मैदानमा २०५८ सालमा सशस्त्र प्रहरी बलको गण राखिएपछि खेल मैदानको अभावमा रहेकोमा हालै मात्रै व्यवस्थित मैदान बनाएपछि प्रतियोगिताको आयोजना गरिएको हो । अहिले खेलमैदान वरीपरी जाली र अगाडी सुन्दर गेट पनि निमार्ण भएको छ।

    प्रदेशका सबै जिल्लाबाट कम्तीमा पनि एक टिम सहभागी गर्ने तयारी गरिएको उक्त प्रतियोगिता नक आउटको आधारमा खेलाइने छ भने कम्तीमा पनि २० समूहले प्रतिस्पर्धा गर्न सक्ने आयोजकले हाम्रो सूचनाकेन्द्र डटकम लाई जानकारी गराउनु भयो । समूह दर्ताका लागि आठ हजार रुपैयाँ तोकिएको सो प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पाउने अध्यक्ष बिक्रम श्रेष्ठले जानकारी गराउनु भयो ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं