SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/१६ गते
    ४६७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । लुम्बिनी पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बसको सफर गरेका छन् । उनी पार्टीको कामले सो क्षेत्रमा पुगेका हुन् । ओली मंगलवार तिलोत्तमाको मणिग्रामबाट विद्युतीय बस चढेर भैरहवा हुँदै लुम्बिनी पुगेका छन् ।

    सुन्दर यातायात प्रालि, बुटवलले विद्युतिय बस सञ्चालनमा ल्याएको छ । सो विद्युतीय सार्वजनिक बसको उद्घाटन गरेका ओलीले ५५ किलोमिटर यात्रा पनि बसमै गरेका हुन् । उनी बस चढेर भैरहवा, लुम्बिनी हुँदै पुनः भैरहवा विमानस्थलमा पुगेका हुन् ।

    ओलीसँगै एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, प्रदेश सभा सदस्य लीला गिरी, भूमिश्वर ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी पनि थिए । उनीहरुले पनि ओलीसंगै बसको यात्रा गरे ।

    लुम्बिनीमा आयोजित पार्टीको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेर उनी भैरहवा विमानस्थलसम्म आएका थिए । उनले त्यहाँ दुई सांसद सहित थुप्रै नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराएका छन् ।

    बस यात्रा गरेसँगै ओलीले विद्युतीय बस चल्ने जस्तै यस क्षेत्रका सडक लोभलाग्दा रहेको बताए । ‘नेपाल अब आधुनिकतातर्फ गइसक्यो,’ ओलीले भने, ‘अब यस्तै गाडी चलाउनुपर्छ । अब प्रदूषणरहित बस चलाउनुपर्छ, जसले हामीलाई व्यापार घाटा पनि कम गर्छ ।’ अहिले बुटवल–भैरहवा सडक ६ लेनको बनेको छ ।

    प्रालिका सञ्चालक घिमिरेले नेपालमै पहिलो विद्युतीय सार्वजनिक बस यस क्षेत्रमा भित्राइएको बताए । बस ५० सिट क्षमताका रहेका छन् । बस सुविधासम्पन्न रहेको घिमिरेको भनाइ छ ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं