SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/२६ गते
    ५४६ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । दिर्पा बिबेक अजरअमर स्मृती प्रतिष्ठान पर्वतको संयोजनमा केहि महिना अगाडी आएको पहिरोले क्षेती बनाएका परिवारलाई बिभिन्न संघ संस्थाहरुद्धारा आज सहयोग रकम हस्ताण्तरण गरिएको छ ।

    कुश्मा बजारको शिवालय मन्दीर परिसरमा एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्ताण्तरण गरिएको दिर्पा बिबेक अजरअमर स्मृती प्रतिष्ठान पर्वतका सचिव रामचन्द्र शर्माले सुचनाकेन्द्र डटकमलाई जानकारी दिनुभयो ।

    आज दुुलुंग सम्पर्क समाज जापानले ३ लाख रुपैयाबाट रामप्रसाद शर्मा माधवलाई ७५ हजार र लोक दोहारी गित प्रतिष्ठान सहकोषध्यक्षको कृष्ण सुवेदीको तर्फबाट २० हजार गरि ९५ हजार सहयोग रकम हस्ताण्तर गरियो ।

    त्यस्तै कु.न.पा. ३ अम्बोटका राम थापा मगरलाई ७५ हजार, कु.न.पा. ११ पकुवाका प्रतिक्षा पौडेलाई ७५ हजार, मोदी गाउँपालिका ८ चित्रे का धनराज पौडेलाई ७५ हजार सहयोग रकम दुुलुंग सम्पर्क समाज जापानले दिर्पा बिबेक अजरअमर स्मृती प्रतिष्ठान पर्वतको संयोजनमा हस्ताण्तरण गरेको हो ।

    रकम हस्ताण्तरण कार्यक्रममा बोल्दै संस्थाका सल्लाकार लक्ष्मण गिरीले शोकमा रहेको परिवारलाई देश बिदेशमा रहेका दाजुभाई दिदिबैनीहरुले गरेको सहयोग रकम दिर्पा बिबेक अजरअमर स्मृती प्रतिष्ठान पर्वतको संयोजनमा बितरण गर्दा खुसी लागेको बताउँदै सहयोगी मनहरुलाई धन्यवाद दिँदै शोकाकुल परिवारलाई धैर्यधारण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा पिडित परिवारको तर्फबाट सहयोगी धनराज पौडेलले सबैलाई धन्यवाद दिनुभयो ।

    स्मरणीय कुरा केछ भने बिगत केहि महिना अगाडी मात्रै स्थापित भएको दिर्पा बिबेक अजरअमर स्मृती प्रतिष्ठान पर्वतको संयोजनमा पर्वतमा यसभन्दा अगाडी पनि एनआरएन बेल्जिएमबाट १ लाख, दुंलुगं सम्पर्क मञ्च हङकङ र नवबुद्ध आमासमुह हङकङबाट २ लाख ३१ हजार, दसंलुगं तमु समाज पोखराबाट ३० हजार, बगाले दिदिबैनी समुह पोखराबाट १५ हजार, सुर्य नेपाल प्रालिका फाईनान्सियल म्यानेजर प्रकास पौडेको सकृयतामा ६० हजार लगायत बिभिन्न ब्यत्ती तथा समुहहरुको सकृयतामा प्रतिष्ठान मार्फत लगभग १५ भन्दा बढी सहयोग गरिसकेको छ ।

    दिर्पा बिबेक अजरअमर स्मृती प्रतिष्ठानका अध्यक्ष महेन्द्रकुमार गुरुगको अध्यक्षतामा भएको सहयोग हस्ताण्तरण कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र शर्माले गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं