SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१९ गते
    २०५५ &#२३४६;&#२३३५;&#२३२५;

    फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई व्यक्तिगत रुपमा भारी नोक्सानी पुगेको छ । केही घण्टाभित्रै उनको कूल सम्पत्तिमा ६ बिलियन डलर(७ खर्ब नेपाली रुपैयाँ) को गिरावट आएको छ । यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान लत झरेका छन् ।

    स्मरण रहोस्, नेपाली समयानुसार सोमबार राती करिब १० बजेतिर संसारभरी फेसबुकका सबै सेवा डाउन भएको थियो । फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनी जस्तै भेरिजोन,At&t र टी मोबाइलको सेवा घण्टौंसम्म ठप्प रह्यो ।

    विश्वभर अवरुद्ध फेसबुक सञ्चालनमा

    सेयरमा पाँच प्रतिशतको गिरावटः

    यी सबका बीच अमेरिकी सेयर बजारमा फेसबुकको सेयरको बिक्रि सुरु भयो र एकैदिनमा यसको मूल्यमा पाँच प्रतिशतको गिरावट आयो । मध्य सेप्टेम्बरदेखि हालसम्म यो सेयर १५ प्रतिशतसम्म खस्किसकेको छ ।

    धनाढ्यको सूचीमा छैटौं स्थानमाः

    ब्लूमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार यसका कारण जुकरबर्गको कूल सम्पत्ति घटेर ११६.८ बिलियन डलर भएको छ । योसँगै उनी छैटौं स्थानमा पुगेका छन् । यसअघि उनी यो सूचीको चौथो स्थानमा थिए ।

    करिब ६ घण्टाको अवरोधपछि बिहान करिब चार बजे आसपास फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपका सेवा सुचारु हुन थालेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं