SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/६/१२ गते
    १३६६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पछिल्लो समय निकै चर्चामा रहेकी ‘भर्सटाइल’ सजना बास्तोलाको नयाँ दशै तिहार गीत ‘लाहुरे’ भर्खर बजारमा आएको छ । एक दशक देखि सांगितक बजारमा जमेकी बास्तोलाले दुई दर्जन बढी गीतमा स्वर भरेकी छिन् । ‘लाहुरे’ भने उनको पहिलो दशंै तिहार गीत हो ।

    बाध्यताले मुग्लाने बनेका युवाहरुको कथामा बनेको गीत ‘लाहुरे’ नेपाली समाज र माटोको सुगन्ध बोकेको हृदयस्पर्सी गीत हो ।जादुमयी स्वरको धनी बास्तोला संगै गायक रामजी पौडेल , स्वरस्वती लामिछाने, कुमार गौतम र बलराम अधिकारीको आवाज सुन्न सकिन्छ ।

    नारायण शर्मा र बलराम अधिकारीको शब्दमा सर्जक शर्माले मिठो संगीत भरेका छन् । सुनिल परियारको एरेन्ज र खुमन रानाको मिक्सिङमा रहेको गीतको म्युजिक भिडियोको निर्देशन होम गुरुङले गरेका छन् ।

    मनमा कयुैँ सपनाहरु साँचेर, रहरहरु पालेर बाध्यताले विदेशमा रगत पसिना संग पैसा साटेर जीवनको अर्थ खोजिरहेका युवाहरुको कथालाई ‘लाहुरे’को भिडियोेमा चर्चित गायक तथा मोडल रामजी खाँड र कविता क्षेत्रीको जीवन्त अभिनय रहेको छ ।

    खाँड र खत्रीलाई कृपा पौडेल, प्रतिमा कुवँर, तिर्सना बस्ताकोटी, भिमा क्षेत्री , सन्तोष, नविन दाहाल र कुमार गौतमले लोभलाग्दो साथ दिएका छन् ।

    गनेश पौडेलले खिचेको भिडियोलाई सुवास अम्गाइले काटकुट पारेर चिरिच्याट पारेका छन् । यो गीत कुमार गौतम युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं