SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/५/११ गते
    ४८५ &#२३४६;&#२३३५;&#२३२५;

    नेकपा एमालेका स्थायी समिति सदस्य प्रदीप ज्ञवालीले सभामुखविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनेबारे नसोचेको बताउनुभएको छ । पार्टीको केन्द्रीय कमिटी बैठकपछि पत्रकारहरूसँगको कुराकानी ज्ञवालीले सभाुमखको गतिविधि निश्पक्ष नभए पनि अहिले नै महाअभियोगको प्रस्तावको विषयमा ठोस निर्णय नभएको बताउनुभयो ।

    ‘अहिले नै हामीले अदालत जाने वा अविश्वासको प्रस्तावको सन्दर्भमा ठोस निर्णय गरिसकेका छैनौं,’ उहाँले भन्नुभयो, ‘तर, उहाँको भूमिका निष्पक्ष भएन भन्ने कुरा जहाँ–जहाँ भन्नुपर्छ, त्यहाँ भन्छौं ।’

    नेपालमा दुईवटा कानुन भएजसरी सभामुख प्रस्तुत भएको ज्ञवालीको आरोप छ । दल विभाजनमा सहजीकरण गरिदिनका लागि पार्टीले कारबाही गरेको जानकारी गराउँदा पनि पदमक्त भएको सूचना नटाँसेकाले सभामुखले पदीय आचरणसम्मत काम नगरेको उहाँको भनाइ छ । एमालेले आफूले कारबाही गरेको १४ सांसदलाई पदमुक्त गरेका सूचना ननिकालेको भन्दै सभामुख अग्निप्रसाद सापकोटप्रति आक्रोश व्यक्त गर्दै आएको छ ।अनलाइन मार्गबाट साभार

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं