SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१० गते
    ५४१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ,  । निर्वाचन आयोगले जसपा आधिकारिकता दिनका लागि हेड काउन्ट सहित नागरिकता हेर्ने भएपछि राजेन्द्र महतो तनावमा परेका छन् । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरका लागि एक मात्र आशा सर्वोच्च अदालत बनेको छ । अब जसपामा रहने वा नरहने सर्वोच्च अदालतको आदेशमा भर पर्ने अध्यक्ष ठाकुरले बताएका छन् ।

    पार्टीको आधिकारिकता सम्बन्धी विवाद निरूपण गर्न हेड काउन्टुका लागि निर्वाचन आयोगले एकताका समयमा गठित जसपाका कार्यकारिणी सदस्यहरूलाई आयोगमा उपस्थित हुन दिएको आदेश दिएको छ । यसका विरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालत पुगेका छन् । रिट निवेदनमा हेड काउन्टको प्रक्रिया रोक्नका लागि आदेश जारी गर्न माग गरिएको छ ।

    अदालतले निर्वाचन आयोगलाई प्रक्रिया रोक्न अन्तरिम आदेश दिने आशाबारे ठाकुर पक्षको आज बसेको कार्यकारिणी समितिमा समेत छलफल भएको हो । आयोगले हेडकाउन्टका लागि बोलाएपछि अध्यक्ष ठाकुरले आज कार्यकारिणी समितिको बैठक बोलाएका थिए । बबरमहलमा बोलाइएको बैठकमा अधिकांश कार्यकारिणी सदस्यहरूले सोमबार निर्वाचन आयोग जाने कि नजाने जिज्ञासा राखेका थिए ।

    अध्यक्ष ठाकुरले भोलि पाँच बजेसम्म सर्वोच्च अदालतको आदेशलाई पर्खौँ, जे आदेश दिन्छ, त्यसको आधारमा निर्णय लिनेछौँु भन्ने जवाफ दिएको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले बताए । उनले भने, हामीलाई विश्वास छ, निर्वाचन आयोगलाई प्रक्रिया रोक्न अदालतले स्टे अर्डर जारी गर्छ । यदि दिएन भने त्यसपछि सोमबार के गर्ने भन्ने विषयमा आजको बैठकमा कुराकानी भएको छ ।’

    सो मुद्दाको भोलि सर्वोच्चमा पेसी छ । सर्वोच्च आदेश आएपछि कार्यकारिणी समितिको बैठकले सोमबारका लागि एउटा निर्णय गर्ने बताइएको छ । भोलि चार बजेका लागि पुनः कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।

    आजको बैठकमा ठाकुर पक्षका १९ कार्यकारिणी सदस्यहरूमध्ये जनामध्ये गोविन्द चौधरी रौतहट र वृषेशचन्द्र लाल अनुपस्थित थिए । सधैँ बैठकमा अनुपस्थित हुँदै आएका राजकिशोर यादव भने आजको बैठकमा आएका थिए । उनी आएर एक छिन बैठकमा बसेको र ठाकुरसँग छुट्टै कुराकानी गरेर त्यहाँबाट निस्केको पार्टी स्रोतले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं