SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/३/२१ गते
    ४३६ &#२३४६;&#२३३५;&#२३२५;

    सञ्चारकर्मी रुपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरु’द्ध सर्वाेच्च अदालतमा मु’द्धा दायर गरेकी छन् । आइतबार जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत वि’पक्षी बनाएर उनले मन्त्री श्रेष्ठ र घरबेटी प्रधानविरु’द्ध मु’द्दा दायर गरेकी हुन्।

    घरबेटीविरु’द्ध दायर गरिएको रिटमा कोठा भाडामा लिने/दिने मौखिक सहमति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू दलित समुदाय (कामी) थरको भएको बताएपछि कोठा दिन अस्वीकार गरेको भनिएको छ । रिटमा सं’वैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भे’दभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनबमोजिम कारबाही तथा मेरो मौलिक हकको सं’रक्षणको लागि आदेश जारी गर्न उनले माग गरेकी छन्।

    यता, शिक्षामन्त्री श्रेष्ठमाथि अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकोले तत्काल उक्त पदबाट हटाइ निजमाथि जातीय छुवाछुत तथा अन्य सामाजिक भे’दभाव (कसुर र सजाय) ऐनबमोजिम कारबाहीको उनले माग गरेकी छन् ।

    उनले रिटमा भनेकी छन्, ‘कुराकानीकै क्रममा म आफू दलित समुदाय ९कामी० थरकी रहेको जानकारी वि’पक्षीलाई गराउँदा तत्क्षणमै ला१ भनी अ’चम्म मान्दै मुखाकृ’तिमा एक्कासी परिवर्तन हुँदै घरमा छलफल गरी जानकारी गराउँला भनी मेरो सम्पर्क नम्बर माग्नुभयो। मैले साथीलाई जानकारी दिनुहोला भन्दै हामी उक्त घरबाट बाहिरियौं ।’

    काठमाडौंजस्तो शिक्षित ठाउँमा यस्तो नहोला र घरबेटीले बोलाउलान् भनेर आफूले प्रतिक्षा गरेको पनि रिटमा उल्लेख गरेकी छन् । उनले भनेकी छन्, ‘काठमाडौं जस्तो शिक्षित ठाउँ, देशको रा’जधानीमा जातका कारण कोठा दिने कुरालाई इन्कार गर्नु हुँदैन होला भनी छलफल गरी बस्न आउनू भनी बोलाउनुहुन्छ होला भन्ने लागेको थियो।

    तर, हामी त्यहाँबाट हिँडेको करिब एक घण्टापछि वि’पक्षीले मसँगै कोठा देखाई सहयोग गर्न जानुभएकी साथीलाई फोन गरी ‘मलाई भन्न पनि अफ्ठ्यारो भयो, घरमा बूढी आमा हुनुहुन्छ, पूजाआजा गर्नुपर्छ, उनलाई हुँदैन, बरू अरु मान्छे भयो भने पठाइदेउ है’ भनी जातकै कारण कोठा दिन नमिल्ने आसयसहित जानकारी दिनुभयो। सो कुराले मलाई अलि असहज भयो ।’

    उनले आफूमाथि जा’तीय भेदभाव तथा छुवाछुतजन्य गर्नेविरु’द्ध जातीय छुवाछूत तथा अन्य सामाजिक भे’दभाव (कसुर र सजाय) ऐन, २०६८ अन्तर्गत कारवाहीको माग गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं