SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/२/१० गते
    ५२२ &#२३४६;&#२३३५;&#२३२५;

    रवि प्रकाश कसौधन, कपिलवस्तु । आजदेखि कपिलवस्तुकाे बहादुरगंज स्थित शिवराज अस्पतालमा बिरामी, कुरुवा र आइसाेलेसनका संक्रमितका लागि निशुल्क “फुड किचन” मार्फत खाना खुवाउने ANTA नामक संस्थाकाे सहयाेग र कृष्णनगर नगरपालिकाकाे सहकार्यमा संचालन गरिएकाे छ ।

    काेविड संक्रमणकाे अवस्थामा निशुल्क खाना नास्ताकाे व्यवस्थापनमा नगरप्रमुख रजत प्रताप शाहले आफ्नाे व्यक्तिगत तरफबाट फुड किचनलाई पचास हजार र अस्पताल लाई एकलाख बराबरकाे स्वास्थ्य सामग्री सहयाेग गर्नुभयाे । त्यस्तै चन्द्राैटाका व्यापारी एवं समाजसेवी विजय जयसवाल ज्युले एक क्विन्टल चामल र समाजसेवी शैलेष प्रताप शाहले एकाउन्न सयकाे आर्थिक सहायता दिने जानकारी दिनुभएकाे छ ।

    हाल ताैलिहवाकाे जिल्ला अस्पतालमा पनि निशुल्क खाना र नास्ता वितरण संचालन गरिरहेकाे छ। कपिलवस्तु नगरपालिकाकाे सहकार्यमा फुड किचन संचालन गरिएकाे माहुरी हाेमका अध्यक्ष तथा साझा प्रयास अभियनका संयाेजक रवि ठाकुर ले बताउनुभयाे ।

    काेराेना संक्रमणका कारण हाेटेल व्यवसाय बन्द रहेका अवस्थामा स्वच्छ र सुरक्षित खाना पाउँदा बिरामीहरु खुशि भएकाे शिवराज अस्पतालका मेडिकल अधिकृत मुकेश चाैधरी बताउँछन् । उनले ANTA संस्थालाई धन्यवाद दिदै सहयाेगी सबै याे विषम परिस्थितिमा यस्ता पुन्य कार्यमा हातेमालो गर्न अनुराेध गर्नुभएकाे छ । हाल संचालनमा रहेका फुड बिचनहरुले बिहान बेलुकी नास्ता र दुई छाक खाना व्यवस्थापन गरेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं