SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/८/१७ गते
    १४४० &#२३४६;&#२३३५;&#२३२५;

    प्रतिमा विश्वकर्मा
    हाम्रो देशमा हिंसा,बलात्कार तथा हत्याका घटनाहरु दिन प्रति दिन बढ़दै गईरहेको छ ।केहि दिन पहिला प्रदेश न._२ को महोत्तरीको बर्दिबास् स्थित् ६ वर्षकि बहिनीको बलत्कार पछि हत्या गरिए को थियो । बलत्कार पछि हत्याका घटना बहिरीए पछि प्रदेश -२ लगायत विभिन्न ठाउँमा बहिनीको न्यायका लागि बिरोध प्रदर्शन पनि गरियो,न्यायका लागि आवाज उठाएका एक जना प्रदर्शनकारीको प्रहरीको गोली लागी मृत्यु पनि भयो । तर ती घटना भएको हप्तौ दिन बितिसक्दा पनि मृतक बहिनीले अहिले सम्म न्याय पाएकि छैनन् ।
    हाम्रो देश नेपालको निर्मला पंथ,गुल्फसा खातून लगायत कैयो बहिनीले बलत्कार जस्ता घटनाको शिकार भएर आफनो ज्यान गुमाएकि आज सम्म न्याय पाएकि छैन्न् । आखिर न्यायको लागि ढिलो किन् ?
    एउटा गरीबको घरमा छोरी जन्मिन्छ् ती बाबा आमाले आफ्ना छाला खिययेर् आफु नखाइ नलाइ छोरीलाइ ठूलो बनाए, तर हाम्रो समाज वरपर् फैलिएका दुस्ट नरपिचासहरुबाट ती छोरीले शिकार हुन पुग्छिन् ।आफ्नो घटिया सोचले ती कलिला बालिकालाइ बलत्कार गरी हत्या गरेर उसको जिंदगीको अन्त्य गराइ दियो ! आखिर बलत्कारीहरु कसको संरक्षणमा..??
    बालिकाको ज़िन्दगीको अन्त्य पछि आन्दोलन सुरु भयो,बिभिन्न मिडिया लगायत सोशलमीडियामा पनि भाइरल भयो,सरकारी टोली पुगी टोलीले छानबिन नाटकिय शैलीमा शुरू भयो, तर बलत्कारी पत्ता लागेन,बलत्कारी पत्ता लाग्यो भने उसको संरक्षणमा हाम्रो सामाजका अगुवाले नै हुन्छन् ? एक दुई हप्ता दिनमा सबैले भुल्दै जान्छन् ! आखिर यसको जिम्मेवार को ..?
    महिलाहरु माथि घरेलु हिंसा देखि लिएर यौन शोषण तथा लैङिगक हिंसा हाम्रो सामाजमा बढ़ेको छ यो एउटा विश्व् संकट हो । जुन की कोरोना भाइरस को महामारीमा पनि रुकेका छैनन् ।
    हाम्रा मंत्री,सांसद , बिधायक ,नेता लगायत हाम्रो समाजका अगुवाहरुले महिला/बालिका प्रतिको सकरात्मक सोच देखाउने , ठूला ठूला कुरा गर्ने, ठुला- ठुला भाषण दिने मात्रै हो की महिला र ती गरीब पीड़ित बालिकाहरुलाई संरक्षण र पीड़ितलाइ न्याय दिलाउनु हुन्छ..??
    हाम्रो देशमा महिला/बालिका प्रति दुर्ब्यवहार, बलत्कार गरी उसको हत्या गर्ने प्रवृति बढ़ी रहेको देखिएका छन् । यस्ता घटनाहरुलाइ रोक्न सरकारले कुनै ठोस कदम उठाउनु पर्छ,समय मै कुनै ठोस कदम नउठाए भने हाम्रो देश हिंसा,बलत्कार, र हत्याको एक नंबर सुचिमा पर्न धेरै समय लाग्दैन ।
    बलत्कार पछि हत्या घटना दिन प्रति दिन बढि रहेको छ,बलत्कारी खुलेआम घुम्दै छ,पीड़ितहरुले आफ्नो ज्यान घुमाई रहेका छन् ,पीड़ितको न्यायका दिलाउनका लागि लडेकाले आफ्नो ज्यान गुमाइ रहेका छन्,तर न्याय दिने हाम्रो सरकार कानमा तेल हालेर बसेका छन् ! अब हामीले बलत्कारीलाई मात्र हैन पर्दाको पछाडिबाट संरक्षण दिनेलाई पनि नाङ्गो पारी कार्वाही गर्नुपर्छ कि फ़ेरी कोही अपराधी बलत्कारीलाई संरक्षण दिने हिम्मत नगरोस् । तर बिडम्बना अपराधीलाई संरक्षण किन ..?किन कुनै ठोस कदम उठाउन सक्दैन सरकार ..?

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं