SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/३/५ गते
    २६११ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । अहिलेको यस महामारीको समयमा पनि बलात्कारजस्तो जघन्य अपराध गर्ने तीन जनालाई सात दिन थुनामा राखिने भएको छ । कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको प्रहरीले जानकारी दिएको छ । यो बीचमा यस घटनालाई लिएर विरोधमा सोमबार पनि कैलालीको लम्की बजारमा प्रदर्शन गरिएको छ ।

    आइतबार लम्कीचुहा नगरपालिका–१ को कार्यालयसमेत तोडफोड गरेका स्थानीय प्रदर्शनकारी सोमबार भने दिनभर शान्तिपूर्ण रूपमा विरोधमा उत्रिएका थिए । लम्कीचुहा–१ का वडाध्यक्ष जनक बमले घटना सामसुम पार्न खोजेको स्थानीयको आरोप लगाएका छन् ।

    लम्की बजारको मुख्य चोकमा यातायात आवागमन ठप्प पारेका प्रदर्शनकारीले ‘घटना ढाकछोप गर्नेलाई कारबाही गर, क्वारेन्टाइन भंग गर, दोषीलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । लम्कीचुहाका नगर प्रमुख महादेव बजगाईंले घटनाको सत्यतथ्य छानबिन र संलग्नलाई कारबाही गर्न नगरपालिका गम्भीर रहेको बताउँनु भएको छ ।

    आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरे पनि अराजक समूहले वडा कार्यालय तोडफोड र स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेको आरोप लगाइएको छ । बजगाईंले स्थानीय र प्रदर्शनकारीलाई घटनाको अनुसन्धानमा प्रहरीलाई सघाउन आग्रहसमेत गर्नुभएको छ ।

    प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये किशोर स्वास्थ्यकर्मी स्वयम्सेवक हुन् । अन्य पनि क्वारेन्टिनमा खटिएका स्वयम्सेवक भएको जानकारी गराइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं