SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/२२ गते
    १६२०७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । विश्वभर संकटका रुपमा देखा परेको कोरोना भाइरसका कारण चीन आलोचना खेप्दै आएको छ । चीनको वुहान शहरबाट सुरु भएको भनिएको कोभिडी–१९ ले अहिले विश्वभरका १० लाख ३९ हजार भन्दा संक्रमित भएका छन् । यस प्रकोपबाट ज्यान गुमाउनेहरुको संख्या पनि बढेर ५५ हजार भन्दा धेरै भएको छ । चीनको मासु बजारबाट फैलिएको भनिएको कोरोनालाई चीनले अमेरिकाबाट आएको आरोप लगाउँदै आएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    अमेरिकाले त कोरोनालाई चिनिया र वुहान भाइरस भन्दै आएको थियो । तर पछि अमेरिकाले पनि कोरोना अर्थात कोभिड–१९ भन्न थाल्यो । चीनले अमेरिकी सेनाले भाइरस ल्याएर वुहानमा छोडेको आरोप लगाएको छ । अर्का थरी मान्छेहरु चिनियाँहरुको खानपानका कारण संकट उत्पन्न भएको विश्वास गर्छन । यो बीचमा खबर आएको छ कि चीनको सेन्जेन सहरमा कुकुर तथा बिरालोको मासु खान प्रतिबन्ध लगाइएको छ । योसँगै सेन्जेन कुकुर बिरालोको मासुलाई प्रतिबन्ध लगाउने चीनको पहिलो सहर भएको छ । कोरोना भाइरसको महामा रीलाई मध्यनजर गर्दै सहर प्रशासनले यस्तो निर्णय गरेको समाचार बाहिर आएको छ ।

    अझ कोरोना भाइरसको उद्गमस्थलको रूपमा रहेको वुहान सहरस्थित जंगली जनावरहरूको मासु बेच्ने बजारबाटै कोरोना भाइरस फैलिएपछि चिनियाँहरूको खानपानप्रति विश्वले गम्भीर प्रश्न उठाएका छन् । त्योसँगै चीनले फेब्रुअरी महिनामा जंगली जनावरको व्यापार तथा जंगली जनावरको मासु सेवनमा प्रतिबन्ध लगाइसकेको छ । तर, सेन्जेन सहरले त्योभन्दा एक कदम अघि बढ्दै कुकुर र बिरालोको मासुमा पनि प्रतिबन्ध लगायो । अर्को तिर चीनले कोरोना संक्रमित बिरामीहरूको उपचारमा भालुको पित्तको प्रयोग गर्ने अनुमति दिएको छ । चीनमा भालुको पित्तलाई पत्थरी तथा कलेजोको रोगलगायतमा समेत प्रयोग गरिन्छ । चीनले विश्वलाई पनि यो कुरा प्रयोग गर्न भनेको छ । यो सँगै चीनमा भालु लोप हुने खत्तरा बढेको छ । पशुअधिकारकर्मीहरुले चीन सरकारको यस निर्णयको खुलेरै विरोध गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं