SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२० गते
    ७१७ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । संचारकर्मी दुर्गा अधिकारीको भजन हे नर तिमी नारायण बन बजारमा आएको छ । करिव १८ वर्षदेखि संचार क्षेत्रमा आवद्ध अधिकारीको शव्द तथा स्वरमा आध्यात्मिक भजन युटुभ मार्फत् सार्वजनिक गरिएको हो । उहाँलाई स्वरमा उहाँका पिता हरिलाल अधिकारीले साथ दिनु भएको छ । अधिकारीको परिवार आध्यात्मिक चिन्तनमा रुचि राख्दछन् ।

    आध्यात्मिक चिन्तनले मानिसलाई सकारात्मक उर्जा दिने अनुभव रहेको बताउने अधिकारीले गित मार्फत् मानिस स्वयं भगवान्को रुप भएको हुँदा मानिसको जीवनलाई सार्थक बनाउन सन्देश दिएकी छिन् । भौतिक जिवनमा रुमलिएर देशमा रहेको व्याप्त भष्टाचारको न्यूनीकरणको लागि भजनले सन्देश दिन खोजेको छ ।

    आम नागरिकले अन्तिम सत्य र जीवनको आनन्द बुझ्ने हो भने मात्र पनि मानिसको सुन्दरतम कृति जीवन सार्थक हुने भावमा गीत लेखिएको गायिका अधिकारीको भनाई छ । परिवारलाई मन्दिरको रुपमा लिन सकिने हो भने पारिवारीक एकता र मेलमिलापले मानिसले जस्तो सुकै काममा पनि सफलता प्राप्त गर्न सकिने अधिकारीको परिवारको अनुभव छ ।

    लामो समयदेखि सञ्चार क्षेत्रमा आवद्ध रहेकी अधिकारीले आफ्ना माता पिताको संस्कार र आफ्नो पेशाको दौडानमा भेटिएका नागरिकहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आध्यात्मिक चिन्तनको ज्ञान प्राप्त भएको बताउँछिन् । उक्त गितले योग र ध्यान मार्फत् आरोग्य जीवन जिउन सकिने सन्देश समेत दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं