SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१९ गते
    ६६५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पर्यटकीय क्षेत्रको रूपमा पहिचान गरेर आफूहरुले विकासको काम थालेको बताउनुभएको छ । अन्नपूर्ण काठमाडौं समाजको साधारण सभामा प्रमुख अतिथिको रहनुभएका अध्यक्षले भन्नुभयो, ‘देशमा अहिले बिल्कुलै फरक परिस्थिती सिर्जना भएको छ । हामीहरुसँग परम्परागत संरचनामा बानी परेको छ । त्यसबाट पछि हट्न समय लागेको देखिन्छ ।’

    उहाँले भन्नुभयो, ‘अन्नपूर्ण काठमाडौं समाजको कार्यक्रम भनेपछि अन्य जस्तोसुकै कार्यक्रम भएपनि छोटो समयका लागि भएपनि जाउँ जाउँ भइहाल्छ ।’ केही न केही चुम्बक कास्की जिल्लासंग र अन्नपूर्ण गाउँपालिकासंग भएको उहाँको भनाई थियो । उहाँले अगाडि भन्नुभयो, ‘हो मानवीय संवेदनशीलताको कुरा हो, भावनाको कुरा हो, इतिहासको कुरा हो, कहीँ कहीँ त्यसले तान्दोरहेछ, तान्ने रहेछ ।’अन्नपूर्ण गाउँपालिकालाई सुन्दर पर्यटकीय नमूनाको रुपमा विकास गर्नका लागि आफ्नो सरकारको अवधिभित्र सपना पूरा गर्नेतिर लाग्ने अध्यक्षले बताउनुभयो । अध्यक्ष प्रचण्डले पछिल्ला राजामहाराजाहरू देशभक्त नभएकै कारण उनीहरूले विदेशी शक्तिसँग घुँडा टेकेको बताएका हुन् ।

    ‘नेपाली वीर गोर्खालीका रूपमा परिचित रहेको बेलामा पछिल्लो समयका केही राजा महाराजाहरूले विदेशी शक्तिको अगाडि घुँडा टेके’ उहाँले भन्नुभयो, ‘त्यसैले गर्दा आफ्नो वीरताको ठाउँहरूको समेत चर्चा गर्न चाहेनन्’ ‘अग्रेज ब्रिटिस कर्नेलको नेतृत्वमा आएको करिब २४ सयको नेतृत्वलाई नेपाली ह’तियारकै माध्यमबाट ५०–६० जनाले घुँडा टेकाएका थिए । तर, त्यस्तो वीरताको शक्तिलाई समेत उनीहरूले लुकाउन खोजे’ उहाँले भन्नभयो । उहाँले राजामहाराजाहरुले गौतम बुद्ध नेपालमै जम्मिएको र लुम्बिनी नेपालकै भएको समेत भन्न नसकेको जनाउनुभयो ।

    अध्यक्ष प्रचण्डले देश परिवर्तनका नायकहरूलाई कसरी दबाब दिन सकिन्छ भन्ने शक्ति सक्रिय भएर लागेको प्रष्टाउनुभयो । त्यसबाट आफूहरू जोगिनुपर्ने उहाँको भनाई थियो । उहाँले आफूले दुईपटक देशको नेतृत्व गरेको र त्यसपछि आफू निरन्तर समृद्ध नेपाल निमार्णको अभियानमा जुटको प्रष्टाउनुभयो

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं