SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/८ गते
    ७२८७ &#२३४६;&#२३३५;&#२३२५;

    न जमिन, न पानी , न मल न त बीउ। यसै मनको एउटा अनाकन्टार कुना बाट पलाउछन यी भाव बाचक नाम। माया र प्रेम सुन्दा धेरैलाई उस्तै लाग्न सक्छ तर यसको भावमा निकै भिन्नता देख्न सकिन्छ। माया भनेको भ्रमको अर्को नाम हो। दर्शनशास्त्रमा मायालाई भौतिक बस्तुप्रतिको आशक्तिको रुपमा ब्याख्या गरिएको छ। त्यसैले यसको जीवन या भनौ आयु पनि छोटो नै हुन्छ। बस्तुको आयु संगै यसको आयुको पनि अन्त्य हुन्छ। जुन निश्चितप्राय छ। माया बजारमा राखिने डिजिटल डिजाइनका कपडा जस्तै हो जसको निश्चिति कुनै सिजन हुन्छ। अनि अर्को सिजन अर्को कुनै नयाँ डिजाइन ले मार्केट लिने गर्छ। प्रेम र माया देख्दा समानार्थी , पर्यावाची जस्ता देखिए तापनी यी दुई बिच आकाश र पातल बराबरको दुरी रहेको छ। त्याग, करुणा , र समर्पण प्रेमका चरीत्र हुन। जुन माया भन्दा कयौ गुणा गहिरो र ओझिलो हुन्छ। समयको परिधी वा सिमा रेखा भन्दा माथी हुन्छ।प्रेम आनददायक हुन्छ जसबाट प्राप्त खुशी दीर्घकालीन या भनौ लामो समयसम्म रहन्छ। प्रेम दैवी चरित्रको हुन्छ तर यस्तो गुण मायामा हुदैन ।

    आज को समाज र युवा पीढि माया र मायाको ब्यपारमा डुबेको छ। क्षणिक र आबस्यकतामा आधारित गुण बोकेको मायाका उपभोक्ता युवा पिढी धेरै देखिन्छन। जसलाई माया र प्रेमको अर्थ केलाउन समय नै कहाँ हुन्छ र। माया पस्चिमी संस्कृति बाट भित्रीयो र आबस्यकताको भोग वा परिपुर्ति लाई माया भनी परिभाषित गर्यो। जुन आबेगको प्रतिफल पनि हो। बैशालु उमेरमा महिला र पुरुष बिचको आकर्षक माया हो। जहाँ माया शरीर र सम्पतिको मोहबाट दौडिएको छ। मन संगको सम्बन्ध प्रेम संग हुन्छ।

    भने भौतिक बस्तु ,पैसा, शरीर संगको सम्बन्ध माया संग। माया छाला संग त प्रेम चाला संग रमाउन खोज्छ। मायाको कुनै निश्चितता हुदैन यो अनिश्चित स्वभावको हुन्छ जसको जुनसुकै बेला देहावसान हुन सक्छ। भौतिक बस्तुको जन्म या आबस्यकताको जन्म नै मायाको कारण हो। किनकी भौतिक , ब्यक्ति , बस्तु र बिसयनै मायाका आधारभुमी हुन। प्रेम त अकारण पैदा हुन्छ। जुन सगरमाथा जस्तो अटल र समुन्द्र जस्तो निस्चल हुन्छ ।

    सुर्यको सितलता र चन्द्रमाको ताप भन्दा पृथक हुन्छ। त्यसैले माया भौतिक हो त प्रेम आध्यात्मिक । प्रेम आत्म संग निकट हुन्छ भने माया शरीर संग। दर्शनशास्त्र मा मायालाई दुखको कारण मानिएको छ। जादु र माया उस्तै हुन हेरिन्जेल मनोरञ्जन प्राप्त हुन्छ तर सत्य नभै काल्पनिक हुन्छ। त्यसैले मायालाई अग्रेजीमा illusion अर्थात भ्रम भनेर मानिएको छ।

    असन्तोष मायाको खासियत हो। मन पर्ने बासनाको सगरमाथा चड्न खोज्नु। असन्तुष्टिको भारी बोकेर मायाको यात्रामा भाग लिने मायालुको बड्दो सङ्ख्या ले आजको समाज भरिएको छ। मायालु हरु कहिल्यै सन्तुष्टि हुदैनन् । माया मुर्त छ त प्रेम अमुर्त । जे मुर्त छ त्यसको बिनास निश्चिति छ। तर प्रेमको बिनास संभब छैन किनकी यो अमुर्त छ। प्रेम र माया योग र भोगका दुई छुट्टाछुट्टै बिसय हुन।

    भोगवादी मायामा बिस्वास गर्छन त योगबादी सत्य र प्रेममा। प्रेम अनुभुतीमा प्राप्त हुन्छ भने माया भोगमा। आज प्रेम शब्दको दुरुपयोग गरिएको छ। सेवन भोगको गरेर बान्ता योगको गर्ने जमात टन्नै देखिन्छ जुन असंभव प्राय छ। प्रेमको अर्को महत्त्वपूर्ण चरीत्र को नाम धैर्य पनि हो । तर दुखी ,खुसीको चरित्र मायाको हुन्छ।

    जुन समय सापेक्ष परिवर्तन हुन्छ। प्रेममा अभिभावक को जस्तो न्यानो पन र संरक्षण हुन्छ। आमाले काखमा राखेर प्रेमको स्तनपान गराइरहदा सन्तानले त्यही काखमा मल मुत्र निष्कासन गतेर हैरान पार्छन् तथापि आमाको हृदयमा घृणा र प्रतिसोधको भावना पैदा हुदैन जुन नित्य, एकनास र निस्वार्थ एंव ममतापुर्ण हुन्छ। त्यसैले प्रेम समर्पण हो जसले मानवलाई दीर्घजीवी बनाउछ त माया आकर्षण हो लेपन हो जुन निस्चित समयपछि खुइलिन्छ। ध्रुव केसी को कलम बाट …………

    प्रतिकृया दिनुहोस्

    Loading...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    पोखरामा विद्यालय स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु

    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि...

    डढेलो लगाउनेलाई जन्मकैद हुनुपर्छः मुख्यमन्त्री अधिकारी

    पोखरा  । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले डढेलो लगाउनेलाई कडा कारवाही गर्ने खालको ऐन आवश्यक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं