SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/७ गते
    ५६४ &#२३४६;&#२३३५;&#२३२५;

    धरान, । सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साबिक भरौल गाविस) स्थित तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको घर परिसरबाट एसएमजी हतियार र १० हजार थान गोली बरामद भएको छ। नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना मुख्यालयलाई विशेष सूचना प्राप्त भएपछि आइतबार सुरक्षा निकायले खानतलासी गर्दा हतियार र गोली बरामद भएको हो।

    एक थान खिया लागेको एसएमजी हतियार र नौ हजार नौ सय ८२ थान गोली भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए। उनका अनुसार स्थानीय खेम प्रधानको घर परिसरको जमिनमुनि गाडिएको अवस्थामा हतियार र गोली बरामद गरिएको हो। ‘२० लिटर प्लाष्टिकको ड्रमभित्र हालेर गाडेको अवस्थामा हतियार र गोली भेटिए,’ एसपी पोखरेलले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ।’

    हतियार र गोली भेटिएको घरका धनी प्रधान तत्कालीन नेकपा माओवादीका कार्यकर्ता हुन्। उनले २०६७ सालमा घर परिसरमा कुखुरा फार्म खोलेका थिए। हतियार र गोली सोही कुखुरा फार्ममुनि गाडेर राखिएको थियो। फार्म ढलान गरिएको जमिनमुनि गाडिएको अवस्थामा हतियार र गोली भेटिएकाले ती २०६७ सालअघि नै राखिएको सुरक्षा निकायको निष्कर्ष छ। ‘२०६७ सालमा कुखुरा फार्मको भुइँ ढलान भएकाले त्यहाँ त्यसभन्दा अघि नै हतियार र गोली गाडिएको भन्ने बुझिन्छ,’ एसपी पोखरेलले भने।

    यसअघि धरान ६ पानवारीबाट द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले प्रयोग गरेको अत्याधुनिक हतियारसहित नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता पक्राउ परेका थिए। आइतबार बरामद हतियार र गोली पनि सशस्त्र द्वन्द्वकालमा विद्रोही माओवादीले प्रयोग गरेको र शान्तिप्रक्रियामा आएपछि लुकाउन गाडिएको अनुमान गरिएको छ।

    स्थानीय बासिन्दाका अनुसार घरधनी प्रधान माओवादी सशस्त्र युद्धको समयमा अर्धभूमिगत थिए। तर पछिल्लो केही वर्षयता भने उनी राजनीतिमा सक्रिय नभएको बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताए। ‘उनी पूर्वमाओवादी कार्यकर्ता हुन्, युद्धकालमा अर्धभूमिगत थिए तर पछिल्लो समय राजनीतिमा निष्क्रिय छन्,’ मेयर खनालले भने।

    हतियार र गोली भेटिएपछि प्रहरीले प्रधानलाई पक्राउ गरे, नगरेको विषयमा खुलाएको छैन। जिल्ला प्रहरी प्रमुख एसपी पोखरेलले हतियार र गोली बरामद भएको विषयमा अनुसन्धान भइरहेको मात्र प्रतिक्रिया दिए। ‘अनुसन्धान भइरहेको छ,’ उनले भने। नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं