SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२९ गते
    ७३८ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु ।

    कृष्णनगर नगरपालिकाका प्रत्येक गाउंलाई नगरकेन्द्रसंग जाेड्ने उद्देश्यले धमाधम पुल तथा निर्माण कार्य भईरहेकाे छ ।

    हिजाे ढाई कराेडकाे लागतमा अाधादर्जन गाउंलाई जाेड्ने घाेरही पुलकाे निर्माण शुरु गराएका नगरप्रमख रजत प्रताप शाहले अाज कृष्णनगर वडा १ काे डुमाई गाउंलाई मुख्य सडकसंग जाेड्ने सुरई खाेलामा झाेलुंगे पुलकाे शिलान्यास गर्नुभएकाे छ । कुल एक सय दस मिटर लामाे र सवा एक मिटर चाैडाईमा निर्माण हुने झाेलुंगे पुलले बर्षाेदेखि बिकासकाे मुखै नदेखेका डुमाईबासीले नगरपणरमुखकाे खुलेरै प्रशांसा गर्छन ।

    सुरई खाेलामा पुल निर्माण भएपछि डुमाईका सयाैं बालबालिकाहरु गुरुचिहवा हुदै शिवानगर स्थित श्रीदेवी माद्यामिक बिद्यालयसम्म पुग्न समस्या नहुने कक्षा ५ मा अध्यनरत छात्रा निलम अारखले बताईन । भ्याट सहित सतासी लाख पचहत्तर हजार तीन सय एघार रुपैयाँकाे लागतमा बन्ने साे पुल नगरपालिकाकाे दाेस्राे झाेलुंगे पुल रहेकाे याेजना अधिकृत प्रदीप चाैधरीले जानकारी दिनुभयाे ।

    प्रत्येक गाउंलाई नगरपालिका केन्द्र तथा मुख्य बाटाेसंग जाेडेर बिकासका अन्य पुर्वाधारहरु पुर्याउन सरल हुने नगरप्रख रजत प्रताप शाहले बताउनुभयाे ।अार्थिक बर्ष ०७६/०७७ काे याेजनामा अधिकांश ठाेस याेजना हरु राखेकाे कृष्णनगर नगरपालिकाले अाउने तीन बर्षमा नमुना नगरपालिका बनाएरै छाड्ने नगरप्रमुख शाहले प्रतिवद्धता गरेका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं