SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/३ गते
    १०३५ &#२३४६;&#२३३५;&#२३२५;

    निर्मल पौडेल कुस्मा पर्वत ।
    पर्वतको कुस्मा नगरपालिका ४ छमर्केमा अवस्थित जनजागृत प्राथामिक विद्दालयका २२ जना विद्दार्थीहरुलाई सोही विद्दालयका शिक्षक भोलानाथ शर्माले स्वीटर वितरण गरेका छन् । मंगलवार विद्दालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्दालयका २२ जना गरिव तथा जेहन्दार विद्दार्थीहरु लाई शर्माले स्वीटर प्रदान गरेका हुन् ।

    विगतका वर्षहरुमा जस्तै यस वर्षपनि विद्दार्थीहरुलाई जाडो यामको अवसर पारेर ८ हजार भन्दा माथिको उक्त सहयोग गरेको शिक्षक शमाले वताए । शैक्षिक पेशा संगै सामाजिक कार्यमा सकृय शर्माले ३० वर्षको शैक्षिक सेवामा कार्यरत रहँदा आँफुले अध्यापन गराउने विद्दालयका विद्दार्थीहरु लाई सहयोग गर्दै आएको भन्दै आफ्नो सानो सहयोगले न्यानो कपडा लगाउन वञ्चित विद्दार्थीहरुमा मनोवैज्ञानिक हिसावले हौशला प्रदान हुने वताए ।

    उनले भने ‘‘मैले हरेक साल विद्दालयका गरिव तथा जेहन्दार विद्दार्थीहरुलाई वर्षको एकपटक सहयोग गर्दै आएको छु ,आँफुले कमाएको केही रकम विधार्थी भाइवैनीहरुका लागि खर्च गर्न पाउँदा सुखद पलको महशुस गर्ने भन्दै शर्माले आफ्नो लामो पारिवारिक जिन्दगी र शैक्षिक अनुभवमा खान पुगोस् दिन पुगोस् मा वितेको वताए । ’’

    कार्यक्रममा प्रमुख अतिथी कु.न.पा. वार्ड नम्वर ४ का अध्यक्ष मिना कर्मचार्यले शर्माले गरेको सहयोग निकै सह्रायिन भएको वताए । विद्दालयका प्रध्यानध्यापक खगेश्वरी शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक विजय प्रसाद शर्माले गरेका थिए । कार्यक्रममा विद्दालयका शिक्षक विद्दार्थीहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं