SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२४ गते
    १०२२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं : सर्वदलीय बैठकमा सहभागी सबै दलले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो भूमिको रक्षाका लागि पहल अगाडि बढाउन सुझाव दिएका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको विषयमा सबैको एकमत भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिए।

    उक्त बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, संघीय समाजवादी,राजपाका लगायत अन्य दलका शीर्ष नेताको उपस्थिति थियो ।

    बैठकको प्रारम्भ गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले एकतर्फीरूपमा सार्वजनिक गरेको नक्साले नेपाली जनताको भावनामा चोट पुगेको बताएका थिए । उनले सर्वदलीय बैठक आयोजना गर्नुको विषयमा प्रष्ट पार्दै सीमालगायतका विषयमा साझा धारणा बनाउनु पर्ने आवश्यकता औँल्याएका थियो ।

    ‘सर्वदलीय बैठकले अभूतपूर्व राष्ट्रिय सहमति कायम गरेको छ। बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो। सबै पूर्वप्रधानमन्त्री, सबै पूर्वपरराष्ट्रमन्त्री, विषयका विज्ञ र राजनीतिक दलका नेता हुनुहुन्थ्यो’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सबैको एउटै सोच कालापानी क्षेत्र, जसमा कालापानी, लिपुलेक र लिम्पियाधुरा पर्छन्। त्यो निर्विवादरुपमा नेपालको भूमि हो। महाकाली नदीको मूल कुटियानी क्षेत्रसम्म नेपालको भूमि हो। त्यसको रक्षाका लागि लाग्नुहोस् हाम्रो साथछ।’

    यो विषयमा राष्ट्रिय सहमति र एकतालाई आधार बनाएर प्रभावकारी कूटनीतिक माध्यमबाट वार्ता अगाडि बढाउने विषयमा छलफल भएको उनले बताए। ‘आफ्नो न्यायोचित भूभाग फिर्ता लनुपर्छ। नेपाल सरकराले त्यससम्बन्धमा अगाडि बढाउने सबै कदममा सबै राजनीतिक दल र सबै पक्षको साथ छ’, बैठकपछि पत्रकारसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने, ‘यसले सरकारलाई बलियो आड र भरोस दिएको छ। यसका लागि सबैलाई प्रधानमन्त्रीले धन्यवाद दिनुभएको छ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं