SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१५ गते
    १२६२ &#२३४६;&#२३३५;&#२३२५;

    लहान। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले रु २९ करोड भन्दा बढी बक्यौता देखिएपछि लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्ने तयारी गरेको छ। लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु २९ करोड ३७ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनियर धीरेन्द्रकुमार यादवले जानकारी दिए।

    ग्रार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिकतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैर व्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए।

    विद्युत् प्राधिकरण लहानका अनुसार रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालबाट रु १५ लाख १४ हजार १९२, लाहान नगरपालिकाबाट रु तीन लाख २० हजार, इलाका हेल्थपोष्ट भगवानपुरबाट रु तीन लाख ४८ हजार, इलाका वन कार्यालय धनगढीबाट रु एक लाख नौ हजार ५६१, जिल्ला वन कार्यालय लहानबाट रु ९७ हजार ८८८, जनता मावि बाखरबाट रु एक लाख २१ हजार २१४, मावि अयोध्यानगरबाट रु एक लाख ७३ हजार, ७६७, मावि बरियारपट्टीबाट रु एक लाख १२ हजार ८४७, मावि पिप्राबाट रु ८३ हजार, मावि पडरियाबाट रु ६४ हजार २७५ बक्यौता असुल्न बाँकी रहेको छ।

    यस्तै हेल्थपोष्ट सीतापुरबाट रु ७६ हजार ७३०, हेल्थपोष्ट छपरारीबाट रु ४५ हजार, नेपाल रेडक्रस सोसाइटी दहीपुरबाट ७८ हजार ३४६, कोल्ड चेञ्जरबाट रु दुई लाख २८ हजार ३३१, राष्ट्रिय वाणिज्य बैंक सुखीपुरबाट रु एक लाख ८ हजार ७००, इलाका हुलाक कार्यालय भगवानपुरबाट रु ५५ हजार, कृषि सेवा केन्द्र भगवानपुरबाट रु ८३ हजार ९६८, कृषि सेवा केन्द्र धनगढीबाट रु ७० हजार १२० बक्यौता असुली गर्न बाँकी रहेको विद्युत् प्राधिकरण लाहानले जनाएको छ।

    विद्युत् महसुल लामो समयदेखि नबुझाउने ग्राहकहरुको लागत तयार गरिसकेको र तिहारलगत्तै यस्ता ग्राहकको लाइन काट्ने योजना बनाएको प्रमुख यादवको भनाइ छ। पटक–पटक विद्युत् महसुल बुझाउन ताकेता गर्दासमेत लामो समय महसुल नबुझाई अटेर गर्ने ग्राहकको लाइन काटिने प्रमुख यादवले बताए। (गोरखापत्र दैनिक)

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं