SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२८ गते
    १७७८ &#२३४६;&#२३३५;&#२३२५;

    बागलुङ ।
    बागलुङ जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ८ छिस्तीमा रहेको आदर्श सेवा समाजले प्रथम “आदर्श डान्स आईडल” गर्ने भएको छ । सेवा समाजले एक सुचना जारी गर्दै तेश्रो बार्षिक उत्सब तथा वडा दशैँको अबसर पारेर पहिलो पटक “आदर्श डान्स आईडल” गर्न लागेको क्ल्बका अध्यक्ष केशबराज शर्माले जानकारी दिए ।

    गाँउमा लुकेर रहेका प्रतिभालाई लुकाई राख्न नदिनका निमित्त डान्स आईडलको आयोजना गरिएको हो । गाँउमा रहेका प्रतिबाहरुले कुनै पनि स्थान नपाए पछि आदर्श सेवा समाजले यस्तो खालको कार्यक्रकमको आयोजना गरेको होे । सेवा समाजले हिन्दु नेपालीको महान पर्व बडा दशैको अबसरमा प्रत्यक बर्ष कार्यक्रम गर्दै आएको छ । बिगतका बर्षमा भन्दा फरक पन दिने उद्देश्यले यस पटक डान्स आईडल कार्यक्रम थपेको कार्यक्रमका अर्थिक संयोजक प्रकाश पौडेलले बताए ।

    सेवा समाजले आँफ्नो तेश्रो बर्षिक उत्सबको अबसर पारेर साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल्ला नितृय प्रतियोगिता साथै बिभिन्न सांस्कृतीक कार्यक्रम गर्ने कार्यक्रमका आर्थिक समिति संयोजक पौडेलको भनाई छ । आदर्श सेवा समाजले यस बर्षको कार्यक्रममा भने “आदर्श डान्स आईडल” लाई मूख्य प्राथमिक्ता दिएको छ । डान्स आईडलमा बिजेता तथा उपबिजेतालाई क्रमश १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र दिने सेवा समाजका अध्यक्ष शर्माले बताए ।

    त्यस्तै पुरुष भलिवल प्रतियोगितामा प्रथम हुने प्रतियोगि समुहलाई नगद ५२ हजार २ सय ५२ रुपैया,दित्तिय हुने समुहलाई २७ हजार ७ सय २७, तितृय हुले समुहलाई १५ हजार ५ सय १५ र सान्तवना हुने समुहलाई १० हजार १ सय १० रुपैया नगद सहित ट्रफी मेडल र प्रमाण पत्रको ब्यबस्था गरिएको छ ।

    ऋादर्श सेवा समाजले जेष्ठ नागरिक सम्मान सहित आयोजना गरेको सांस्कृतिक कार्यत्रममा राष्ट्रिय लोक दोहोरी गाएक बसन्त थापा, रीना केसी तथा स्थानीय कलाकारहरु विष्णु परियार र राजकुमार राना लगाएतको प्रस्तुती रहने कार्यक्रम संयोजक गोबिन्द थापाले जानकारी दिए । सेवा समाजले असोज ३ गते देखि सुरु गर्ने कार्यक्रम असोज १७ गते समापन गर्ने छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं