SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२४ गते
    ५३२ &#२३४६;&#२३३५;&#२३२५;

    सन् २०२२ को विश्वकप छनोट अन्तर्गत एसियाली देशको दोस्रो चरणको खेलमा नेपालले शानदार जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेइमाथि २-० गोल अन्तरको जित निकालेको हो। ताइपेइको घरेलु मैदानमा भएको खेलमा नेपालले सुरुवातमै गोल गर्दै दबाब सिर्जना गरेको थियो। नेपालका लागि अन्जन बिष्टले खेलको तेस्रो मिनेटमा गोल गरे। पहिलो हाफसम्म १-० ले अघि रहेको नेपालले दोस्रो हाफमा अर्को गोल थपेको हो। दोस्रो गोल पनि अन्जन बिष्टले नै गरेका थिए। उनले ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हुन्।

    नेपालभन्दा फिफा वरीयतामा बलियो टिम ताइपेइसँग यसअघि नेपालले १-१ गोलको बराबरी खेलेको थियो। ताइपेई १२५औं स्थानमा छ भने नेपाल १६६औं स्थानमा रहेको छ। यी दुई टोलीबीच यसै वर्षको जुनमा पहिलो पटक मैत्रीपूर्ण खेल भएको थियो। ‘होम एन्ड अवे’ का आधारमा हुने एसियाली देशको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘बी’ परेको छ। यस समूहमा नेपालसहित कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन्। दोस्रो चरणको छनोट खेल सन् २०२० को जुन ९ सम्म चल्नेछ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं